मिल्स भेट्रान्स गोल्डकप प्रतियोगितामा , युनाईटेड र भरौल भेट्रान्स क्लब क्वाटरफाइनलमा

<span class='c1'>मिल्स भेट्रान्स गोल्डकप प्रतियोगितामा , युनाईटेड</span> <span class='c2'>र भरौल भेट्रान्स क्लब क्वाटरफाइनलमा</span>

विराटनगर । युनाईटेड भेट्रान्स क्लब विराटनगर र भरौल भेट्रान्स क्लब सुनसरीे विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा दुहबी भेट्रान्स क्लब दुहबीलाई १–० गोलले हराउँदै युनाईटेड भेट्रान्स क्लब विराटनगर क्वाटर फाइनलमा पुगेको हो ।

युनाईटेडलाई जित दिलाउन हर्कराज गुरूङले निर्णायक गोल गरे । खेल सुरू भएको तीन मिनेटमा हर्कले डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ द म्याच पनि निर्णायक गोल गर्ने युनाईटेडका हर्कराज गुरूङ घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए ।

पहिलो हाफमा अग्रता लिएपछि दोश्रो हाफमा युनाइटेडले सुरुवातदेखि नै दुहबीमाथि दबावमा राखेको थियो । दुहबी र युनाईटेडका खेलाडीहरूले पाएको थुप्रै अवसरहरू खेर फालेका थिए ।

सोमबारनै भएको दोस्रो खेलमा बिर्तामोड भेट्रान्स क्बललाई २–१ गोलले हराउँदै भरौल भेट्रान्स क्लब सुनसरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । जितको लागि भरौलका सन्तोष लिम्बु र डेनिम राईले समान १÷१ गोल गरे । भरौलका सन्तोष लिम्बुले खेल सुरू भएको १७ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । भरौलका कप्तान मिलन देवानले निकालिएको पास सन्तोषले डिबक्स भित्रबाट गरेको प्रहार जाली चुमेको थियो ।
पहिलो हाफसम्म बिर्तामोडलाई भरौलले दबावमा राखेको थियो । दोस्रो हाफदेखि आक्रम रूपमा मैदान उत्रिएको बिर्तामोडले ४१ औं मिनेटमा टेक राज सुब्बाले गोल गरी खेल बराबारीमा ल्याएका थिए । बिर्तामोडले गोल गरी खेल बराबरीमा ल्याएको १३ मिनेट पनि बित्न नपाउँदै भरौलका डेनिम राईले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए ।


दोस्रो खेलको म्यान अफ द म्याच भरौलका प्रेम घिमिरे घोषित भए । उनले नगद २ हजार १ सय रूपैयाँ पाएका छन् ।
मंगलबारको खेल राजघाट भेट्रान्स क्लब उर्लाबारी र मर्निङ्ग भेट्रान्स क्लब हाटखोला विराटनगरबीच प्रतिस्पर्धा हुने मिल्स भेट्रान्स क्लबका संयोजक मनोज खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्