काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।
बुधबार सुनको मूल्य तोक्दै २०० रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम थियो ।