घरबाट धामी बस्न हिँडेका सुनवर्षीका यादवको रंगेलीमा हत्या

<span class='c1'>घरबाट धामी बस्न हिँडेका</span> <span class='c2'>सुनवर्षीका यादवको रंगेलीमा हत्या</span>

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ बटरवारी घर भएका २८ वर्षीय अशोक कुमार यादवको हत्या रंगेलीमा हत्या भएको छ ।
घरबाट धामी बस्न भन्दै बिहीबार साँझ ६ बजे हिडेका यादव आज बिहान घरदेखि दुई किलोमिटर पूर्वमा मृत फेला परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार उनी सवार प्रदेश नम्बर १–०२–०४४ प.३२६१ मोटरसाइकल रंगेली बटबारी जाने भित्री सडकमा रोकिएको अवस्थामा फेला परेको छ । मोटरसाइकल रोकिएको स्थानदेखि १० मिटर दक्षिण बाटोमा कोल्टे अवस्थामा यादव मृत भेटिएका छन् ।

स्थानीय शुक्रबार बिहान ७ः३० बजे यादवलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीले घटनास्थललाई सुरक्षित गरेर अनुसन्धान अगाडी बढाएको हो । घटना शंकास्पद देखिएका कारण जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक र धरानबाट कुकुरसहितको टोलि परिचालित भएको श्रेष्ठले जानकारी दिएका छन् ।

बिगत ५ बर्ष देखि सामान्य धामीझाँक्री गर्दे हिडने गरेको यादव को शुक्रबार राति ६ बजे झपरतल जाने भनेर घरबाट हिडेको स्थानीयले बताए । प्रहरीको बिषश टोली द्वारा अनुसन्धान गर्नुका साथै प्रहरीको तालिम प्रप्त कुकुर समेत परिचालन गरे। अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । निज मृत्क ले प्रदेश १(०२(०४४प ३२ ६१ नम्बरको मोटरसाईकलमा उनि झपरतल जादै गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्