मोरङका सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

<span class='c1'>मोरङका सबै निर्वाचन क्षेत्रमा मुख्य</span> <span class='c2'>निर्वाचन अधिकृतको कार्यालय स्थापना</span>

विराटनगर । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मोरङका सबै निर्वाचन क्षेत्रमा बिहीबार मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

निर्वाचन क्षेत्र नं ६ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । कार्यालयको उद्घटन गर्दै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले आसत्र निर्वाचन निस्पक्ष, धाँधलीरहित, स्वतन्त्र एवं भयरहित वातावरण सम्पत्र हुने बताउनुभयो ।

उहाँले निर्वाचनका निम्ति मोरङमा तीन सय ६ मतदान स्थल र आठ सय ३९ मतदान केन्द्र रहने तथा जिल्लाभरका कुल सात लाख ३५ हजार पाँच सय २५ मतदाताले मतदान गर्ने जानकारी दिनुभयो । मोरङमा छ वटा निर्वाचन क्षेत्र छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार २३ गते मनोनय दर्ता र सोही दिन सूची प्रकाशन, २५ गते अन्तिम नामावली प्रकाशन र २६ गते मनोनय फिर्तापछि पुनः अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन अधिकृत ढुङ्गेलले बताउनुभयो । मोरङको निर्वाचन क्षेत्र नं ६ मा कुल एक लाख २६ हजार एक सय ६१ मतदाता छन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन अधिकृतको कार्यालय स्थापनपछि निर्वाचनको कार्य सुरु हुने बताउँदै निर्वाचनलाई भयरहित वातावरणमा सम्पत्र गर्न निर्वाचन केन्द्रीय सुरुक्षा २०७९ अनुसार जिल्लामा पनि जिल्ला सुरक्षा योजना तयार भएको बताउनुभयो ।

निर्वाचनका निम्ति मोरङमा निर्वाचन क्षेत्र नं १ का लागि उर्लाबारी, २ का लागि रतुवामाई, ३ का लागि बेलबारी ४ का लागि विराटनगर हृदययेश बालउद्यान, ५ का लागि सुनसरी मोरङ सिँचाई आयोजनाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

यसैगरी, निर्वाचन क्षेत्र नं १ का लागि गोपाल थापा, २ का लागि नगेन्द्रकेशरी पोखरेल, ३ का लागि रामहरि शर्मा, ४ का लागि मणिराम पोखरेल र ५ का लागि गणेश नायक निर्वाचन अधिकृत तोकिएको प्रदेश निर्वाचन अधिकारी लेवन कास्यप अधिकारीले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्