मोरङमा निर्वाचन आचारसंहिता पालनामा दलहरुको एकमत

<span class='c1'>मोरङमा निर्वाचन आचारसंहिता</span> <span class='c2'>पालनामा दलहरुको एकमत</span>

विराटनगर । मोरङका राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउँन निर्वाचन आयोगलाई साथ रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

निर्वाचन आयोगको कार्यालय प्रदेश १ ले शनिबार निर्वाचन आचारसंहिता २०६९ सम्बन्धी व्यवस्था, अन्य व्यवस्था र राजनीतिक दल तथा उमेद्वार सम्बन्धी आयोजना गरेको छलफलमा आचारसंहिता स्वीकार गर्ने बताएका हुन् । राजनीतिक दलका नेताहरुले सामाजिक सञ्जालबाट हुनेसक्ने आचारसंहिता विपरितको गतिविधि रोक्न कडाई गर्नुपर्ने, निर्वाचन प्रयोजनार्थ स्वीकृती लिइएका सवारीको दुरुपयोग रोक्न कडाई गरिनुपर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि प्रचार-प्रसारमा जान पाउनुपर्ने सुझाव मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई दिइएका थिए ।

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले २६ गते उमेदवारको अन्तिम नामावली प्रकाशनपछि प्रचार-प्रसारमा जान पाउने प्रावधानलाई खुकुलो बनाउनु पर्ने माग गर्नुभएको थियो । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन मितिको १७ दिन अगाडीबाट मात्रै प्रचार-प्रसारमा जान पाउने व्यवस्था छ । यसैगरी काँग्रेसका जिल्ला सचिव ललित श्रेष्ठले आचारसंहितालाई पालना गर्दै निर्वाचन प्रचार-प्रसारको काम अन्तिम नामावली प्रकाशनपछि थाल्ने कुरालाई सहजीकरण हुनुपर्ने माग गर्नुभएको थियो ।

मोरङमा ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्र तोकिएका छन् । सातलाख ३५ हजार ५२५ मतदाता रहेको जिल्लामा आवश्यक पर्दा अस्थायी मतदान केन्द्र निर्माण गर्नसकिने प्रावधान समेत रहेको छ । तर, त्यसका लागि सुरक्षा संवेदनशीलतालाई ख्याल गर्नुपर्ने सुरक्षा अधिकारीकोहरुको भनाई छ ।
मोरङका प्रमुख जिल्ला न्यायधिश तथा मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले राजनीतिक दलहरुको सहकार्यबाटै निर्वाचन शान्तिपूणर् रुपमा सम्पन्न गर्ने बताउनु भएको थियो । उहाँले निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहितामा मुख्य राजनीतिक दलका केन्द्रीय नेतृत्वले प्रतिवद्धता जनाईसक्नु भएकोले जिल्लास्तरमा पनि त्यहि अनुरुप हुने बताउनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अस्थायी मतदान केन्द्र थप्दा पर्नसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्न आग्रह गर्नु भएको थियो । उहाँले एक मतदान केन्द्रमा चारवटा मत पेटिका हुने भएकोले त्यसको सुरक्षा प्रवन्धमा सबैले चासो राखेर सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

मोरङमा ५० निर्वाचन स्थल अति संवेदनशील

स्थानीय तहको निर्वाचनका अनुभवका आधारमा मोरङका ३०६ मतदानस्थलमध्ये ५० वटा अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । जिल्लाका १४४ मतदानस्थललाई संवेदनशीलमा राखिएको छ । बाँकी सामान्य छन् ।
जिल्ला निर्वाचन सुरक्षा योजना कार्यन्वयनमा आईसकको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी निर्वाचनमा परिचालन हुने उहाँले जानकारी दिनुभयो । जसमा नेपाल प्रहरी र म्यादी प्रहरी पाँच हजार ५०० परिचालन गरिने भएको छ । सशस्त्र प्रहरी एक हजार १०० र नेपाली सेना ५०० परिचालन गरिनेछ । प्रत्येक मतदानस्थलमा आधा घण्टामा नेपाली सेनाले बाहिरी कभर बनाएर निगरानी गर्नेछ । त्यसपछि सशस्त्र प्रहरी र मतदान केन्द्र भित्र नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङका ६ वटा संघीय र १२ प्रदेश निर्वाचन क्षेत्र छन् । निर्वाचन कार्यतालिक अनुसार २३ गते मनोनयन दर्ता, सूची प्रकाशन, २५ गते अन्तिम नामावली प्रकाशन, २६ गते मनोनयन फिर्तापछि पुनः अन्तिम नामावली प्रकाशन गरिने छ । मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बिहीबार नै स्थापना गरिसकिएको छ । जस अनुसार निर्वाचन क्षे त्र १ का लागि उर्लाबारी, २ का लागि रतुवामाई, ३ बेलबारी, ४ विराटनगर हृदययेश बाल उद्यान, ५ सुनसरी मोरङ सिंचाई आयोजना र ६ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको छ ।
प्रदेश निर्वाचन आयोग कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले उमेदवारले निर्वाचनका खर्च निर्धारण यस पटक निर्वाचन क्षेत्रका आधारमा गरिएको जानकारी दिनुभयो । मतदाता संख्या, क्षेत्रफल र मतदान केन्द्रका आधारमा खर्च निर्धारण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्