तातो पानी पियुदा हुने फाइदाहरु यस प्रकार छन् :
– थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ।
– लुतो वा छालासम्बन्धी अन्य समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ।
– तातो पानीमा थोरै गुलाबजल मिसाएर नुहाउनाले छाला राम्रो हुन्छ। साथै, जीउ दुखेको पनि बिसेक हुन्छ।
– तातो पानीको सेवनले शरीरमा रक्तसञ्चार सन्तुलित हुन्छ।
– बिहान उठेर तातो पानी पिउनाले कब्जियतको समस्या समाधान हुन्छ।
– चिसो मौसममा तातो पानी पिउने गरेमा रुघा, खोकीलगायत समस्या लाग्ने जोखिम कम हुन्छ।