ताप्लेजुङको फुङलिङमा दिउँसै डकैती गरेको आरोपमा चारजना पक्राउ

<span class='c1'>ताप्लेजुङको फुङलिङमा दिउँसै डकैती</span> <span class='c2'>गरेको आरोपमा चारजना पक्राउ</span>

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकमा रहेको कन्चन मनि ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अम्वर श्रेष्ठले संचालन गरेको मनि ट्रान्सफरमा पेस्तोलसहित प्रवेश गरेर लुटपाटमा संलग्न रहि फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

[caption id="attachment_197846" align="alignnone" width="2560"] पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका–२ का २९ बर्षीय राजन पर्तेल, शिवसताक्षी नगरपालिका–१ झापाका २६ बर्षीय चुन बहादुर सुनार, अर्जुनधारा–१० झापाका २५ बर्षीय मणिराज पर्तेल र सिदिङवा गाउँपालिका ५ ताप्लेजुङ घर भई फिदिम–१ पाँचथर बस्दै आएका २७ बर्षीय टाईगर भन्ने गजेन्द्र लिम्बु रहेका छन् ।[/caption]

गत असोज १७ गते बिहान कंचन मनि ट्रान्सफरमा ४ जनाको समुह पेस्तोल सहित प्रवेश गरी मनि ट्रान्सफरका कर्मचारी ३३ बर्षीया आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिव ३४८ तोला सुनका बिभिन्न गरगहना र नगद ११ लाख ६३ हजार २५० रुपैया समेत डाका गरी भागेका थिए ।

घटना सम्वन्धमा तत्काल प्रहरी परिचालन गरी खोज तलासको क्रममा संलग्न ३ जनालाई सुनको बिभिन्न गरगहना १४३ तोला र नगद ६ लाख १३ हजार ३ सय ४० रुपैया तथा एकथान पेस्तोल सहित पक्राउ गरिएको हो । अर्का गजेन्द्र लिम्बुलाई खोज तलासको क्रममा २४ गते बेलुका पाँचथरको फालेलुङ–८ स्थितमा लुकिछिपि बसेको स्थानबाट नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिइएको छ ।
पक्राउ परेका उनिहरुको सम्मानित ताप्लेजुङ जिल्ला अदालतबाट डाका मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्