विराटनगरमा रगतको चरम अभाव

<span class='c1'>विराटनगरमा रगतको</span> <span class='c2'>चरम अभाव</span>

विराटनगर । रक्त सञ्चार केन्द्र विराटनगरले केही दिन यता रगतको चरम अभाव झेल्दै आएको छ ।

चाडपर्वको समय र लामो बिदाका कारण सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा रगतको चरम अभाव सिर्जना भएको हो ।

रक्त सञ्चार केन्द्र विराटनगरका अनुसार घटस्थापनाभन्दा पछि कुनैपनि संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका छैनन् । जसले गर्दा केन्द्रमा रगतको अभाव सिर्जना भएको हो । यतिबेला रक्त सञ्चार केन्द्रमा कुनैपनि समूहको रगत मौज्दात छैन । सहज रुपमा उपलब्ध हुने ओ पोजेटिभ, ए पोजेटिभ समूहको रगतपनि केन्द्रमा पाइन छोडेको छ । नेगेटिभ समूहका रगत प्रायः मौज्दात रहँदैन रगतको अभाव भएपछि रगत दिइनु पर्ने अवस्थाका बिरामीका आफन्तहरुले बढी हैरानी व्यहोर्नु परेको छ । अस्पतालमा चिकित्सकले रगत चढाउनु पर्छ भनेपछि उनीहरु सम्बन्धित समूह रगतको खोजीमा भौंतारिनु पर्ने अवस्था छ भने बिरामीले समयमा रगत नपाउने अवस्था भोग्नु परेको छ ।

रक्त सञ्चार केन्द्र विराटनगरले दसैँको बिदा अघि उर्लाबारीबाट १४० पिन्ट रगत ल्याएर स्टक गरेको थियो । तर त्यो रगत २४ घण्टाका लागि पनि पुगेको थिएन । रक्त सञ्चार केन्द्र विराटनगरमा दैनिक १५० देखि १६० पिन्ट रगतको माग हुने गरेको छ। कतिपय नियमित रगत दिइनु पर्ने बालबालिकाहरुलाई समेत अभावका कारण रगत उपलब्ध गराउन नसकेको केन्द्रले जनाएको छ । शरीरमा रगत उत्पादन नहुने समस्या भएका बालबालिकाहरुलाई केन्द्रले नियमित रगत उपलब्ध गराउदै आएको छ । सोमबार बिहानदेखि नै बिरामीका आफन्तहरुले खोजेर जुटाएका झण्डै एक सय जना व्यक्तिले केन्द्रमा पुगेर रक्तदान गरेका थिए । चाडबाडको बेला सबै क्षेत्र रमाइरहँदा केन्द्रका स्वास्थ्यकर्मीहरु भने केन्द्रमा आएका विरामीहरुबाट रगत संकलन गर्ने, जाँच गर्ने र अभाव टार्न दिनरात क्रियाशील रहनु परेको थियो ।

हरेक वर्ष चाडबाडको बेलामा केन्द्रले यस्तै समस्या भोग्ने गरेको छ । रगतको अभाव समाधान गर्न केन्द्रको तर्फबाट पनि रक्तदान गराउने प्रेरित गर्ने कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन हुने गरेको छैन भने चाडबाड अघि संघसंस्थाहरुले पनि रक्तदान कार्यक्रम आयोजना गर्दैनन् । रक्तदान कार्यक्रम आयोजना गरेपनि चाडवाडको बेलामा रक्तदानहरु नै रगत दान गर्न अनिच्छुक हुने गरेका कारण अभाव देखिने गरेको केन्द्रका कर्मचारीहरुको अनुभव छ । यो समाचार आजको हाम्रोमत राष्ट्रिय दैनिकमा प्रकाशित छ ।

फोटो: फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्