विराटनगर भन्सारले सीमामा थाल्यो गस्ती, प्रहरी प्रशासनको असहयोगले राजश्व गुम्दै गएको आरोप

<span class='c1'>विराटनगर भन्सारले सीमामा थाल्यो गस्ती, प्रहरी</span> <span class='c2'>प्रशासनको असहयोगले राजश्व गुम्दै गएको आरोप</span>

विराटनगर । मोरङ प्रहरीले विराटनगर–१२ दरैयास्थित भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको चारलाख ७० हजार १९० रुपिँया बराबरको इलेक्ट्रोनिक्स सामान मंगलबार साँझ नियन्त्रणमा लियो । विराटनगर–१५ का धनकुमार भण्डारीले को १ च ३१७८ नम्बरको सवारीमा ल्याउँदै गरेको सामान नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको सामान भन्सार कार्यालयमा बुझाइएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

सीमा क्षेत्रका नाका बाँडेर तस्करी बढेसँगै यसको प्रभावमा राजश्वमा परेपछि भन्सार कार्यालय विराटनगरले समेत गस्ती सुरु गरेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले भन्सार विभागको परिपत्र अनुसार सीमा क्षेत्रमा गस्ती सुरु गरिएको जानकारी दिनुभयो ।
अवैध आयात र राजश्व चुहावट नियन्त्रणमा प्रहरी प्रशासनका असहयोग भईरहेको भन्सार कार्यालयका प्रमुख सापकोटाको भनाई छ । मिलेमतोमा भन्सार क्षेत्रबाट अवैध आयात फस्टाउँदा समेत सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी मुखदर्शक मात्रै बन्ने गरेको भनाई छ । नेपाल प्रहरीले समेत अवैध आयात रोक्न पहल लिएजस्तो गरेर सेटिङमा काम गरिरहेको आरोप छ ।

मंगलबारदेखि भन्सार कार्यालयलाई गस्ती गर्न विभागले परिपत्र जारी गरेको थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख सापकोटाले मंगलबार साँझ र बुधबार बिहान खटिएको गस्ती टोलिले एक ट्याक्टर सामान साविक रानी भन्सार नाकाबाट नियन्त्रणमा लिइएको छ । रानी नाकाको भन्सार प्रशासन बुधनगरमा सरेपछि त्यहाँ अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी छ । तर, उनीहरुले त्यहाँ मोवायल हेरेर दिन कटाउने मात्रै गर्छन्, सापकोटाले भन्नुभयो–मोरङमा खुल्ला सीमा क्षेत्रबाट अवैध कारोबार फस्टाउनुमा प्रहरी र कारोबारीको मिलेमतो नै प्रमुख कारण बनेको छ । दरैया, मटेर्वा, इस्लामपुर, भेडियारी, भुटाहा, नोचा, डुमरिया, खयरबोना र चोप्राहाबाट रातभर तस्करी हुने गरेको छ । तस्करहरुले सेटिङमा नाका नै भाडबण्डा गरेर अवैध आयात गर्दा त्यसको अवसर भन्सार राजश्वमा परेको भन्दै विभागले स्थानीय प्रशासनसँग समन्वय गरेर गस्ती गर्न निर्देशन दिएको छ ।

भन्सार प्रमुख सापकोटाले असोजभरको लागि एउटा तालिका बनाएर काम सुरु गरिएको जानकारी दिनुभयो । कार्तिक १ गतेदेखि यसलाई थप व्यवस्थित बनाउन विभागले गृह मन्त्रालयमै पत्राचार गरेर सशस्त्र प्रहरीको सहयोग माग्नसक्ने संभावना रहेको छ । सीमामा खटिएको सशस्त्र प्रहरीको निस्क्रियताका कारण अवैध आयात बढेको र त्यसमा नेपाल प्रहरीले समेत फाइदा लिईरहेको भन्सार अधिकारीहरुको बुझाई छ ।
भन्सार विभागले सीमा गस्तीसँगै व्यवसायीका गोदामको स्टक परीक्षण गर्नेसम्मको निर्देशन दिइएको छ । त्यसका लागि आन्तरिक राजश्व कार्यालयले समेत सहयोग गर्नुपर्ने हुन्छ । विभागको परिपत्रमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको राजश्व चुहावट नियन्त्रण समितिलाई सक्रिय बनाउन अनुरोध गरिएको छ । त्यस बाहेक छुट्टै गस्ती आवश्यक परे सुरक्षा माग्न निर्देशन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्