नवौ राष्ट्रिय खेलकुद ह्याण्डबल : सेमिफाईनल समिकरण पुरा

<span class='c1'>नवौ राष्ट्रिय खेलकुद  ह्याण्डबल</span> <span class='c2'>: सेमिफाईनल समिकरण पुरा</span>

कास्की । वौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा सेमिफाईनल समिकरण पुरा भएको छ । सेमिफाईनलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले सेमिफाईनलमा स्थान पक्का गरेका छन् ।

समूह ए बाट गण्डकी र नेपाली सेनाले अन्तिम ४ मा स्थान बनाएको हो । समूह ए मा गण्डकीले समूह विजेता बन्दै सेमिमा स्थान बनाएको हो । गण्डकी र सेनाको अंक समान भए पश्चात गोल अन्तरका आधारमा गण्डकी समूह विजेता बनेको हो । त्यस्तै, समूह बी बाट सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो । सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थानबनाएको हो ।

महिला तर्फ समूह ए बाट एपिएफ र गण्डकी प्रदेश समूह विजेता र उपबिजेता बन्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । अव सेमिफाईनलमा एफिएफले समूह बीको उपबिजेता प्रदेश १ को सामना गर्नेछ भने गण्डकी प्रदेशले समूह बीको बिजेता नेपाली सेनासंग प्रतिस्पर्धा गर्ने भएका छन् ।
बिहिबार पोखरा बहुउद्धेश्यि कभर्डहलमा भएको पुरुष ह्याण्डबल प्रतियोगितामा गण्डकी प्रदेश र नेपाली सेनाले बराबरी खेल्यो । गण्डकी र सेनाले २७-२७ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । गण्डकीका दिनेश श्रेष्ठ, प्रेमबहादुर गुरुङ्ग र बासु गुरुङ्ग तथा नेपाली सेनाका यामबहादुर पुन मगर र निर्मल बाबु श्रेष्ठ प्रत्येकले ६/६ गोल गरे ।

पुरुषकै दोश्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ४१-१५ गोल अन्तरले पराजित गर्न सफल भयो । कणर्ालीका लागि केशव बिष्टले सर्वाधिक १३ गोल गरे । पुरुषकै अर्को खेलमा सशस्त्र प्रहरी बलले सुदूरपश्चिम प्रदेशलाई ३५-१९ ले पराजित गर्‍यो । एपिएफका सुरेश आले मगरले ११ गोल गरे ।
महिला तर्फको खेलमा कणर्ाली प्रदेशले जित निकाल्यो । कणर्ालीले बागमती प्रदेशलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । कणर्ालीकी संगिता सिंहले ४ गोल गरिन् । यस्तै प्रदेश १ ले मधेस प्रदेशलाई १९-४ गोल अन्तरले पराजित गर्‍यो । प्रदेश १ की प्रेक्षा कटुवालले ८ गोल गरिन् । महिलाकै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशविचको खेलमा गण्डकीले बाजी मार्‍यो । गण्डकीले ३५-९ को गोल अन्तरले लुम्बिनीलाई पराजित गरेको हो । गण्डकीकी आकृती गुरुङ्गले ७ गोल गरिन् ।

महिला क्रिकेट : एपीएफ र मधेश प्रदेश बिजयी

नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत विहीबार सशस्त्र प्रहरी बलको एपिएफ र मधेश प्रदेश बिजयी भएका छन् । विहीबारको पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई र दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बिजयी भएका हुन् ।
विहीबारको पहिलो खेलमा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्‍यो । पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकि रहँदै प्राप्त गर्‍यो । एपीएफको तर्फबाट सिता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडिन । इन्दु बर्माले ३ बलमा २ चौका सहित ९ रन जोडिन् ।
खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूणर् विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनैपनि खेलाडीले दोहोरा आँकडाको योगफल तयार पार्न सकेनन् । श्रृष्टि जैशिले बनाएको ५ रननै गण्डकीको सर्वाधिक बन्न पुग्यो ।
एपीएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन् । त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सिता रानामगरले १-१ किवेट लिए । गण्डकीका श्रृष्टी जैशिले १ विकेट लिइन् ।

जितसंगै एपीएफ ग्रुप ए को शिर्षस्थानमा पुगेको छ । एपीएफले दुई खेलमा दुई जित हाँसिल गर्दै ४ अंक जोडेको छ ।
विहीबार भएको दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै बिजयी भयो । पहिले व्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रनको योगफल तयार गर्‍यो । ९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले ८ विकेट गुमाएर ७६ रन मात्र बनाएपछि मधेश प्रदेश बिजयी भएको हो ।

विहीबारको खेलमा मधेश प्रदेशका सना प्रविन प्लेयर अफ दी म्याच घोषित भईन् । उनले मधेशका लागि ३५ रनको योगदान दिईन् । त्यस्तै गोमा आलेले १० रन बनाईन् । मधेशका सन्तोषी चौधरी, शान्ती चौधरी र अनुराधा चौधरीले समान २/२ विकेट हत्याए ।
सुदूरपश्चिमका लागि ऋतु कनौजियाले २७, रुवी पोद्दारले १२ तथा यशोदा विष्टले ११ रनको योगदान दिए ।

पुरुष हक्कीमा आर्मीको बिजयी सुरुवात

गण्डकी प्रदेशको राजधानी पोखरामा भईरहेको नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष हक्की खेलमा नेपाल आर्मीले बिजयी शुरुवात गरेको छ । पोखरा-२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्कीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको नवौं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । २८ औं मिनेटमा कार्कीले नै दोस्रो गोल गर्दैै अग्रता दोब्बर बनाए । खेलको ३७ औं मिनेटमा प्रदीप राजवंशीले तेश्रो गोल गरे भने ४२ औं मिनेटमा रोमन रानाले गोल गर्दै आर्मीलाई ४-० को फराकिलो जित दिलाएका हुन् ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गरेका थिए । प्रतियोगिताको उद्धघाटन गर्दै मन्त्री गहतराजले खेलकुद विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए । खेल क्षेत्रको समस्या पहिचान गरि यसलाई विकास गर्नको लागि अहिलेको सरकारले देशका विभिन्न स्थानमा भौतिक पुर्वाधार निर्माण गर्ने कार्य सुरुवात गरेको छ,” उनले भने, “खेलाडीको मनोवल उच्च राख्नको लागि सरकारले विभिन्न योजनाहरु बनाएको छ, विगतको जस्तो निराश हुने अवस्था छैन ।” उनले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुनु नै यहाँको पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीलाई जितको शुभकामना दिए ।

महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात

नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई सोझो ३-० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
भलिवलप्रेमी दर्शकको भिडका बिच भएको भएको गण्डकीले सुदुरपश्चिम प्रदेश माथि २५-१८, २५-०८, २५- २२ को जित निकालेको थिए । गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिईन । भने सुदुरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी थिईन ।
महिला भलिबलमा सात प्रदेश ३ विभागिय नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका टीमका खेलाडीहरूको सहभागिता रहेको थियो । शुक्रबार महिला भलिबल अन्तरगत तीन खेल हुदै छन् । असोज २८ गते शुक्रबार बिहान ८ बजे समुह १ को शसस्त्र प्रहरी र कणर्ाली प्रदेश, १० बजे समुह २ को बाग्मती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लव र लुम्बिनी बिच हुने महिला भलिबल प्रतियोगिताका संयोजक याम बहादुर गुरुङले जानकारी दिए ।
महिला भलिबल र तेक्वान्दोको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका थिए । खेलाडीको स्वागतमा बेनी बजारमा बाजागाजा, झाँकी सहितको र्‍याली निकालिएको थियो ।

पुरुष फुटबलमा एनआरएनए र बागमतीको बिजयी शुरुवात

गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) र बागमती प्रदेशले बिजयी शुरुवात गरेका छन् । पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा विहीबारदेखि शुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २-० गोल अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो ।

एनआरएनएको जितमा संजोग राई र विमल घर्तीमगरले गोल गरे । संजोगले खेलको नवौं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए । समय घटाएर ७० मिनटमा झारेको प्रतियोगिताको दोश्रो गोल भने विमलले दोश्रो हाफको दशौं मिनेटमा गरेका थिए ।
पुरुष तर्फको दोश्रो खेलमा बागमतीले मधेस प्रदेशलाई २-० गोल अन्तरले पराजित गर्दै महत्वपूणै ३ अंक जोडेको छ । बागमतीका सुनिल बलले दोश्रो हाफको चौथो मिनटमा र अन्जन बिष्टले १० औं मिनटमा गोल गर्दै टिमका लागि महत्वपूणर् अंक जोडे ।

स्याङजाको वालिङमा बिहीबार सुरु भएको महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रेखा पौडेलको ह्याट्रिक प्रेरित पुलिसले बागमती प्रदेशमाथि ५-० को जित हासिल गर्यो । टोलीका लागि निरु थापाले दुई गोल गरिन । १७ औं मिनेटमा निरुले गोल गर्दै दिलाएको अग्रतालाई रेखाले १८औं मिनेटमा दोब्बर पारिन । त्यसको तीन मिनेटपछि दोस्रो व्यक्तिगत गोल गरेकी रेखाले २३औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन । निरुले दोस्रो व्यक्तिगत गोल मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा गरेकी थिइन । जितपछि पुलिसले समूह ‘ए’मा अंकको खाता खोलेको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला फुटबलको दोस्रो खेलमा बिभागीय टिम नेपाल आर्मीले सहज जित निकालेको छ । स्याङजाको वालिङमा भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६-० गोल अन्तरले पराजित गरेको हो । आर्मीले खेलको ९ औ मिनेटमा इन्दिरा राईको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा पुनः गोल गर्दै इन्दिराले अग्रता दोब्बर पारिन् । पहिलो हाफमा दुई गोलले अगाडि रहेको आर्मीलाई खेलको ५२ औ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै ३-० को स्थितिमा पुर्‍याइन् । खेलको ५५ औ मिनेटमा चन्द्रा भण्डारीको पासमा कुस्मा खतिवडाले गोल गरिन् । चौथो गोल गरेको दुई मिनेटमै अमिसा कार्कीले मैदानको मध्य भागबाट एक्लै गोलकिपरलाई विट गर्दै गोल गरिन् । कार्की खेलको ४६ औ मिनेटमा मैदानमा प्रवेश गरेकी थिइन् । इन्दिरा राईको ठाउँमा ६७ औं मिनेटमा मैदान प्रवेश गरेकी हिमा चौधरीले उत्तरार्धको इन्जुरी टाईमको एक मिनेटमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरिन् । मधेश प्रदेशले भने पाएका अवसर खेर फाल्यो ।
बिहिबारबाट स्याङजा वालिङ स्थित मालेबगर खेल मैदानमा सुरु भएको महिला फुटबलमा सात प्रदेश र तीन बिभागिय टोलीको सहभागीता रहेको छ ।

फेन्सिङ्गः चौथो दिन एपिएफ र सेनालाई स्वणर्

फेन्सिङ्ग महिला टिम फ्वाईलमा एपिएफले स्वणर् जित्यो । एपिएफले बागमतीलाई पराजित गर्दै स्वणर् जितेको हो । एफिएफले बागमतीलाई ४५-३६ ले पराजित गरेको हो । नेपाली सेना र गण्डकीले कास्य पदक पाए ।
पुरुषको सेवर तर्फ सेनाले जित निकाल्यो । सेनाले बामतीलाई ४५-२४ अंकले पराजित गर्दै स्वणर् जितेको हो । सेनाले स्वणर् संख्या ४ बनायो । तेश्रो स्थानमा एपिएफ र गण्डकी रहे ।
प्रतियोगिताको प्राविधिक कारणले रोकिएको पुरुष ईपीको खेल शुक्रबार बिहान हुने प्रतियोगिताका निणर्ायक अनुप कपालीले जानकारी गराए ।
बिजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

अंक तालिका
नेपाली सेनाः ४ स्वणर् ६ रजत ७ कास्य
बामती प्रदेश : ४ स्वणर् ३ रजत ० कास्य
एपिएफ : २ स्वणर् ३ रजत ७ कास्य
सुदूरपश्चिम : १ स्वणर् ० रजत ३ कास्य
नेपाल पुलिस : १ स्वणर् ० रजत ० कास्य
गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्