नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा मधेस प्रदेश र आर्मी भिड्दै

<span class='c1'>नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा</span> <span class='c2'>मधेस प्रदेश र आर्मी भिड्दै</span>

दमौली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा मधेस प्रदेश र नेपाल आर्मीबीच उद्घाटन खेल हुने भएको छ ।

तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणको खेलमैदानमा आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

उद्घाटन खेल अपराह्न ४ बजे सञ्चालन हुने नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । बिहान ११ बजे दमौलीबाट विभिन्न जातजातिको झाँकीसहित विद्यालय प्राङ्गणमा ¥याली निकालिएको छ ।

प्रतियोगितका लागि फुलकोर्ट (पाँच खेलाडी) र थ्री वाइ थ्री (तीन खेलाडी)का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ । पाँच खेलाडी खेल्नेतर्फ समूह ‘ए’मा नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश रहेका छन् भने समूह ‘बी’मा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ रहेका छन् ।

तीन खेलाडी खेल्नेतर्फ समूह ‘ए’मा मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र नेपाल आर्मी छन् भने समूह ‘बी’ मा प्रदेश नं १, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । शनिबारबाट दैनिक छवटा खेल सञ्चालन गर्ने तयारी छ । फुलकोटतर्फ दैनिक दुई र थ्री वाई थ्रीतर्फ दैनिक चार खेल सञ्चालन गरिने श्रेष्ठले बताउनुभयो ।

आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने खेलका लागि खेलाडी, अफिसियलसहित एक सय ५६ जना सहभागी हुँदैछन् ।

उद्घाटन समारोहमा झाँकी प्रदर्शन

प्रतियोगिता उद्घाटन अगाडि दमौली बजारमा झाँकी प्रदर्शन गरिएको छ । झाँकीमा जिल्लाका विभिन्न जातजाति, विभिन्न सङ्घसंस्था, क्लब, विद्यालयलगायत सर्वसाधारणको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्