लेखनाथ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा सञ्चालित पुरुष बास्केटबल प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई ८५–८४ स्कोरले पराजित गरेको छ ।
आर्मीलाई जिताउन निश्चल महर्जनले सर्वाधिक २३ नम्बर ल्याएका थिए ।
त्यस्तै आजै सम्पन्न पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ७४–३३ स्कोरले पराजित गरेको छ । शुक्रबार नै भएको अर्को खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ७८–६६ स्कोरले पराजित गरेको छ । त्यस्तै गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ९४–२६ स्कोरले पराजित गरेको छ ।
शुक्रबार नै सम्पन्न पुरुषतर्फ थ्रि अन थ्रि खेलमा त्रिभूवन आर्मी क्लवले प्रदेश नं १ लाई १७–१२ स्कोरले पराजित गरेको छ ।
एपीएफ क्लबले मधेश प्रदेशलाई २१–७ स्कोरले पराजित गरेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई २१–१३ स्कोरले पराजित गरेको छ भने गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २१–१० ले पराजित गरेको छ ।