विराटनगरका उद्योगी बोहरा सिंगापुरमा ‘युरोपियन युनिभर्सिटी टु अनर्ड टाइटल’ बाट सम्मानित

<span class='c1'>विराटनगरका उद्योगी बोहरा सिंगापुरमा ‘युरोपियन युनिभर्सिटी</span> <span class='c2'>टु अनर्ड टाइटल’ बाट सम्मानित</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले ‘प्रोफेसनल डक्टरियल (पीडी) इन ग्लोबल लिडरसिप एन्ड म्यानेजमेन्ट’ उपाधि प्राप्त गरेका छन् । बोहरा ‘युरोपियन युनिभर्सिटी टु अनर्ड टाइटल’ अन्तर्गत सम्मानित भएका हुन् ।

सिंगापुरमा आयोजित कार्यक्रममा बोहरासहित विभिन्न मुलुकका व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा विभिन्न मुलुकमा आफ्नो क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सल्लाहाकार समेत रहेका बोहरा विभिन्न उद्योगहरुका सञ्चालकसँगै सामाजिक काममा पनि सक्रिय छन् । महासंघको प्रदेश १ समितिले बोहरा सम्मानित भएकामा बधाई एवं शुभकामना व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्