चन्द्र पौडेल
उज्यालोको पर्व तिहार नजिकिएसँगै नेपालीहरुको घर आँगनमा पनि उज्यालो छाउन थालेको छ । तिहार तथा छैटका बेला बनाइने भाँडा पहिले स्थानीय स्रोत साधन प्रयोग गरिन्थ्यो । अहिले भने आधुनिक साधनहरुले त्यसलाई विस्थापन गर्दै गएके छ ।
कुमाल जातीको परम्परागत पेशा र पहिचान अहिलेको समयमा लोपोन्मुख हुने अवस्थामा पुगेको छ । चिम्ट्याइलो माटोलाई मुछेर, पिटेर आवश्यकताअनुसारको आकार दिने कला कुमाल जातीको लोक संस्कृतिअन्तर्गत पर्दछ । ‘काँचो माटो जता लग्यो त्यतै जान्छ’ भन्ने उखान उखानमै सीमित हुने अवस्थामा आउन थालेको छ । बुढापाकाले आफूभन्दा सानालाई अर्ती दिन प्रयोग गर्ने यो उखान यही पेशाको अनुशरण हो ।
मोरङको बेलबारी नगरपालिका बाहुनी वडा नम्बर ७ मा विगत २५ वर्षदेखि यहि माटोको भाडाँकँुडा बनाएर आफ्नो र परिवारको जिविका चलाउँदै आएका ३५ वर्षीय राम नारायण पण्डितलाई यस पटक भने पछिल्ला वर्षहरु जस्तो भ्याइनभ्याई भने छैन । विगत केहि वर्ष अघि सम्म त्यो ठाउँमा माटाका भाडाँका प्रशस्तै भए पनि हाल खासै भेटिदैनन् । नजानेकाहरु विदेश अथवा अन्य व्यापार र पसल गर्न थाले ।
माटोको भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आर्कषण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायत कच्चापदार्थको अभावमा माटाको भाँडा बनाउँने पेशा नै परेको हो । माटाका हण्डी, घैंटा, पाला, गमला, आरीलगायतका वस्तु परम्परादेखि नै घरयासी प्रयोजनमा सहज मानिन्छन् । ‘पहिलेजस्तो माटो पनि छैन् । बस्ती बाक्लो भयो । जुन पायो त्यही माटोले भाँडा राम्रो बन्दैन्’ । पहिला यतै पाउने माटो अहिले एक टयाक्टर माटो पनि सप्तरीको बरमझीया बाट यहा“सम्म ल्याईपुयाउँदा १५ हजारसम्म लाग्ने गरेको पण्डितले दुखेसो पाखे ।
होण्डा (मदिरा बनाउन प्रयोग हुने भाँडो), घैंटो (पानी चिसो बनाउन प्रयोग गरिने भाँडो) हाँडी( मकै भुट्न प्रयोग हुने भाँडो), खुत्रुकी (पैसा बचत गर्न प्रयोग गरिने भाँडा) जस्ता महत्वपूर्ण सामग्री बनाउने हस्तकलाको लोप हुन थालेको छ ।
माटोको भाँडा लोप हुनुको कारण
प्लाष्टिकको भाँडा बजारमा आउनु, बाक्लो बस्तीका कारण चिम्टयाइलो माटोको अभाव हुनु र आम्दानीभन्दा मेहनत धेरै गर्नु पर्ने भएकाले यो पेशा छाडेर अन्य काम गर्न बाध्य रहेको उनीहरु बताउ“छन् । स्थानीय बासिन्दा आरती पण्डिलले माटोको अभाव, जोखिमको पेशा र यो पेशाप्रति युवाको कम आकर्षण हुदै गएपछि माटोका सामग्रीहरु बनाउने काम केही वर्षदेखि कम हुदैं गएको उनले बताईन् । बुढापाकाको मृत्यु भएपछि युवा पुस्ताले यो काम सिक्न नै नचाहेकाले पुख्यौली पेशा नै अहिले सङ्कटमा परेकोमा उनको दुःखेसो छ ।
कुमालको घरमा चर्खा नै छैन
माटोको भाँडा निर्माण गर्न प्रयोग गरिने साधन चर्खा हो । यो साधन माटो, खसीबोकाको रौं मोलेर निर्माण गरिएको हुन्छ । यहा“का अधिकांश कुमाल जातिको घरमा चर्खा नै छैन् , भएका चर्खामा पनि माकुराको जालो लागेको छ । कुमाल जातीको घरमा चर्खा नहुनु भनेको विध्यार्थीको झोलामा कापी, कलम नहुनु जस्तै हो । चर्खालाई घुमाउँदै माटोलाई हातले जता माड्यो त्यतै माटोको स्वरुप आउँछ र निमार्ण गरिन्छ चाहेको सामग्री । यही कला र पेशा कुमालको पहिचान हो ।
धर्म, संस्कृति परम्परा लोप हुन लागेको चिन्ता छ केही अग्रज कुमालेहरुलाई । गाउँगाउँमा सिंहदरबार आएको भनिए पनि कुमाल जातीको संस्कृति संरक्षणमा कसैको चोसो पुग्न सकेको छैन् । युवा पुस्ता विदेश पलायन भएका छन् अझ भनौ वैकल्पिक पेशा तर्फ केन्द्रित भएका छन् । पिँढी कुरेर बस्ने बुढापाका जवानीमा माटोको भाँडा बनाएको सम्झिदैं बस्ने गरेका छन् ।