हराएको मोवाईल भेटाउदै मोबाइल धनिलाई बुझाउदै प्रहरी

<span class='c1'>हराएको मोवाईल भेटाउदै मोबाइल</span> <span class='c2'>धनिलाई बुझाउदै प्रहरी</span>

सुनसरी, चैत्र २१ गते।

इलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न मितिमा हराएका ६ जनाको मोवाईल फोन फेला पारी सम्बन्धित धनिहरुलाई बुझाएको छ।उक्त कार्यालयले संचालन गरेको हराएका तथा चोरी भएको मोवाईल खोजतलाश अभियान अन्तरगत फेला परेका ६ थान मोवाईल फोन आज एक कार्यक्रमको आयोजना गरी सम्बन्धित धनिहरुलाई बुझाएको हो।

हराएका तथा चोरी भएका मोवाईल फोन खोजतलास गर्न उक्त कार्यालयमा छुट्टै सेलको समेत गठन गरी खोजी अभियान चलाएको छ। हराएको तथा चोरी भएको मोवाईल खोजी पाउँ भनि सो कार्यालयमा परेको निवेदनहरु मध्ये सुनसरी ईटहरी उपमहानगरपालिका २ बस्ने निलिमा राई, झापा शिवगन्ज गाविस १ बस्ने शिव लिम्बु, इटहरी २ बस्ने ईन्दिरा पोखरेल, इनरुवा ६ बस्ने कृपा कार्की, मोरङ सुन्दरदुलारी ४ बस्ने चिरन्जिवी गुरागाई र इटहरी ४ बस्ने सुनिल श्रेष्ठको करिब एक लाख सोह्र हजार मूल्य बराबरको बिभिन्न ६ थान मोवाईल फोनहरु फेला पारी हस्तान्तरण गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्