काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा उपत्यका र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् ।
भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।
भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे आधिकारिक जानकारी भने आइसकेको छैन ।