नवौँ राष्ट्रिय खेलकुद : दुई सय ४८ पदकसहित आर्मी शीर्ष स्थानमा

<span class='c1'>नवौँ राष्ट्रिय खेलकुद : दुई सय</span> <span class='c2'>४८ पदकसहित आर्मी शीर्ष स्थानमा</span>

अन्नपूर्ण (कास्की) । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ ।

हालसम्म नौ सय १६ पदकको छिनोफानो हुँदा आर्मीले एक सय १४ स्वर्ण, ७६ रजत र ५८ कांस्यपदकसहित कूल दुई सय ४८ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४५ स्वर्ण, ४१ रजत र ४९ कांस्यपदकसहित एक सय ३५ पदक जितेको छ ।

अर्को विभागीय टिम एपिएफले ३७ स्वर्ण, ४३ रजत र ६६ कांस्यपदकसहित कूल एक सय ४६ पदक हात परेको छ । यसैगरी गण्डकी प्रदेशले २४ स्वर्ण, २३ रजत र ३९ कांस्य पदकसहित ८६ पदक जित्दा बागमती प्रदेशले १९ स्वर्ण, ३३ रजत र ४३ कांस्यसहित कूल ९५ पदक आफ्नो पोल्टामा पारेको छ ।

यता एनआरएनएले १० स्वर्ण, सात रजत छ कांस्यसहित २३ पदक, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत, २४ कांस्यसहित ३६ पदक, प्रदेश १ ले पाँच स्वर्ण २० रजत र ३४ कांस्यसहित ५९ पदक, मधेस प्रदेशले पाँच स्वर्ण, सात रजत र २० कांस्य पदकसहित ३२ पदक जितेका छन् ।

लुम्बिनी प्रदेशले तीन स्वर्ण, १५ रजत र २६ कांस्यसहित ४४ र कर्णाली प्रदेशले एक स्वर्ण, दुई रजत, नौ कांस्य पदकसहित १२ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गतका खेल जारी रहेका छन् । रासस

फोटो:फाइल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्