प्रेम देवान
विराटनगर । तस्वीरमा देखिएका दृष्यले तिहारको रौनकता छाएको देखिन्छ । तिहारमा देउसी भैलो खेलेको यो दृष्य भने म्युजिक भिडियोको लागी हो । अहिले तिहारलाई लक्षित गरी विराटनगर लगयात अन्य विभिन्न स्थानमा तिहार लक्षित म्युजिक भिडियो सुटिङ्ग हुने क्रम बढेको छ । यसैविच विराटनगरका गायक प्रवलदिप र गायिका टिका प्रसाईले गाएको देउसीभैलो गीतको म्युजिक भिडियोको छाँयाकन विराटनगरमा सकिएको छ ।
पछिल्लो समय देउसीभैलोको गीतहरुमा नेपालीपन मौलिकता हराउदै जान थालेका कारण आधुनिक युवा पुस्ता माझ परम्परागत देउसी भैलोको महत्व बुझाउने उदेस्यका साथ बजारमा ल्याउन लागिएको म्युजिक भिडियोको छाँयाकन विराटनगरमा सकिएको हो ।
विराटनगर ८ अमरटोलको एक घरमा २ दिनदेखी छाँयाकन गरिएको देउसीभैला गीतको म्युजिक भिडियो विहीबार विहान सकिएको हो ।
नेपाल चलचित्रकर्मी महांसघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानको निर्देशनमा तयार पारिएको उक्त म्युजिक भिडियोमा अधिकास कलाकारहरु चलचित्रकर्मी महासघ प्रदेश १ समितिका कलाकारहरु रहेका छन् ।
नेपालीहरुको महान चाड दशै पछिको अर्को महत्वपुर्ण चाड तिहारको गीतमा नेपालको राष्ट्रिय पोसाकमा सजिएका कलाकारहरुले अभिनय गरेका छन् ।
सस्कृति झल्कने गीतमा मादल बजाउदै कलाकारहरुले दर्शकहरुको मन जित्ने अभिनय गरेका छन् । त्यसैगरी तिहारको भाईटिकाको लागी दाजुबहिनीको अभिनय सञ्चाकर्मी तथा मोडल जतिन ताम्राकार र मेनुका माझीले गरेका छन् भने मेकअप पार्टनरको रुपमा मिनाज व्युटि केयर एण्ड पार्लरकी संचालिका भलि सुब्बाको टिमले गरेको थियो । अबको केहीदिन भित्र युटुवमा आउन लागेको म्युजिक भिडियोलाई धिरेन साहले खिचेका छन् ।
तस्वीर ः प्रेम देवान /आवर विराटनगर