विराटनगर । विराटनगर–१० ट्राफिकचौक निवासी अनिलकुमार शर्मा (सुनिल) लाई दशैं अगाडी शरीरमा एलर्जी आयो । जीउ चिलायो, बिबिरा निस्कियो । विराटनगर–९ को सि–प्लटमा बासुकी पुस्तक पसल गरेर व्यवसायी सुनिल समस्या भएपछि चिकित्सक भेट्न जाने मनस्थिति बताए । उनले चर्म रोग विशेषज्ञ डा. अभिनारायण घिमिरेसँग भेट्ने ईच्छा राखेका थिए । तर, घिमिरे मात्रै नभई उनका छोरा डा.असित घिमिरे समेत काठमाण्डौं गएपछि अर्का डाक्टर केएन ठाकुरसँग पुगे ।
डाक्टर ठाकुर पनि चक्तापुर्जाका चर्म रोग विशेषज्ञ हुन् । उनलाई आफ्नो शरीरमा एलर्जी आएको सुनाएपछि झटपट एउटा ट्राइकोर्ट नामक इन्जेक्सन लगाई दिए । सुनिल घर फर्किए । पीँडुलामा हानेमा इन्जेक्सनले खुट्टा पुरै सुनियो । दुखाई सहन नसक्ने स्थिति भयो । त्यसैबेला दशैं बिदा भएका कारण उनले डाक्टरसँग परामर्श गर्न पाएनन् । दशैंपछि उनै डाक्टर ठाकुकोमा पुग्दा उनको खुट्टा सुनिएर चलाउन नसक्ने भएको थियो । सहारा मागेर पुगेका उनलाई डाक्टरले राम्रो रेस्पोन्स गरेनन् । उनले कहिलेकाँहि यस्तो हुन्छ मात्रै भनिरहे । घुँडामुनीको भाग अझै सुनिएको छ । ठाकुरले त्यसपछिको उपचार खर्च आफैं बेहोर्ने भन्दै सुनिएको खुट्टाबाट पानी तानेर फ्याँक्ने र सुक्ने अर्को इन्जेक्सन लगाउने गरेका छन् । इन्जेक्सन लगाएको ठाउँमा पुरै मासुको फोका बाहिर निस्केको छ ।
सुनिलले आफ्नो खुट्टामा धेरै नै समस्या भएको बताउँदै केहि भए डाक्टरले जिम्मा लिनुपर्ने बताए । उनले दुखाई अझैसम्म कम नभएको भन्दै राम्रो ठाउँमा उपचार गराउन जाने मनस्थिति बनाएका छन् । त्यस बाहेक उनी अहिले घरेलु औषधीमा जुटेका छन् । यस विषयमा डाक्टर ठाकुरसँग राय बुझ्न खोज्दा उनको सम्पर्क हुन सकेन ।