विराटनगर । उतिकै सालिन र भद्र छन् जीवन घिमिरे । बिहान मर्निङवाकदेखि नित्यकर्म गरेकै छन् । आफ्नो पेसा र व्यवसाय उनको पुरानै छ । राजनीतिमा सक्रिय घिमिरे मोरङको क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभामा विराटनगरका पूर्व मेयर भीम पराजुलीसँग मुख्य प्रतिस्प्रर्धा गर्दैछन् । मंसिर ४ गतेको निर्वाचन लक्षित एजेण्डा लिएर एमालेका घिमिरे र काँग्रेसका पराजुली मतदातासम्म पुगिरेहका छन् । त्यहि क्षेत्रमा राप्रपाका मोरङ अध्यक्ष माधव आचार्य पनि आफ्नै दावीसहित चुनावी मैदानमा छन् ।
नम्र, भद्र, सालिनता र धार्मिक व्यक्तित्वको कसीमा यी तीनैजना उतिकै मानिन्छन् । घिमिरे कम्यूनिष्ट भएको नाताले नम्रता र भद्रतालाई नमस्कारबाट प्रस्तुत गर्लान् । पराजुली भुईमा परेर ढोग गर्लान्, आचार्य शिर निहु¥याउलान् ।तर, विगतमा सरकारमा हुँदा गरेका कामको फेहरिस्त केलाउने हो भने घिमिरे यस क्षेत्रका लागि सबैभन्दा प्रवल दावेदार मानिन्छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुँदा घिमिरेले गरेका कामको फेहरिस्त केलाउँदा उनी सत्ता र शक्तिको दुरुपयोग गर्ने नेता भन्दा नागरिकका लागि सदुपयोग गर्ने नेतामा कहलिएका छन् । प्रदेश सरकारका मन्त्रीहरुमध्ये कार्यसम्पादनमा एक नम्बरमा सधैं रहेका घिमिरेले
शिक्षा क्षेत्रमा
७९९ वटा आधारभूत विद्यालयहरुमा सूचना प्रविधिको पहुँच पुर्याइएको
५१७ वटा सामुदायिक माध्यमिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला निर्माण गरिएको
१६५ वटा सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशालाको स्थापना गरिएको।
२४९ वटा सामुदायिक विद्यालयहरुमा स्वच्छ पिउने पानीको प्रबन्ध गरिएको।
१३७ वटा विद्यालयमा छात्रा शौचालय निर्माण गरिएको।
३३४ वटा विद्यालयका भवन निर्माण, विद्यालयमा रंगरोगन, छाना छाउने, घेराबार निर्माण गरिएको।
६५ वटा धार्मिक प्रकृतिका विद्यालयहरुको गुणस्तर सुधारका लागि सहयोग गरिएको।
ई(एजुकेशन सञ्चालित १०० वटा विद्यालयमा स्मार्ट कक्षा निर्माण गरी डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिएको।
३१७६ जना शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरिएको।
मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना
प्रदेशका ८४ वटा सामुदायिक क्याम्पसहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना
स्वास्थ्य क्षेत्र
विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको।
प्रदेशका विभिन्न ठाउँमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएको।
कोभिड–१९ को परीक्षणका लागि प्रयोगशाला स्थापना गरिएको
आइसियु। तथा भेन्टिलेटर सेवा सहितको कोभिड अस्पताल स्थापना
मेची अस्पताल लगायत १४ वटै जिल्लामा उपचार केन्द्र र आइसोलेसन कक्ष सञ्चालन गरिएको।
प्रदेशका १४ वटै जिल्लामा लागु औषध विरूद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको।
ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रम सञ्चालन
बौद्धिक अपाङ्गता तथा अटिजम भएका बालबालिकाहरूको लागि संस्थागत अनुदान
हेमोफिलियाका बिरामीहरूका लागि एन्टिहेमोफिलिक प्याक्टर व्यवस्थापन गरिएको।
१४२ वटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालन ।
स्वस्थ जीवन प्रवर्द्धन कार्यक्रम, सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अभियान तथा सिंघिया नदी सरसफाई
अभियान सञ्चालन
आयुर्वेद अस्पतालबाट पञ्चकर्म र क्षारसुत्र सेवा सुरू गरिएको।
जिल्ला अस्पतालहरुको स्तरउन्नती तथा सेवा विस्तार
समाज कल्याण र सामाजिक सुरक्षा
मोरङ्गको ग्रामथानमा ज्येष्ठ नागरिक ग्राम, मानवसेवा आश्रम र बाल ज्ञान केन्द्र निर्माणका लागि ११ बिघा जग्गा खरिद
सडक आश्रित तथा सहयोग सापेक्ष मानव उद्धार, बालबालिकाको उद्धार तथा संरक्षण
५० वटा ज्येष्ठ नागरिक दिवासेवा केन्द्रका लागि सञ्चालन अनुदान प्रदान
जातीय छुवाछुत विरुद्ध सचेतना अभियान कार्यक्रम सञ्चालन
मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी तथा सडकआश्रित मानवहरूको उद्धार तथा पुर्नस्थापना
प्रदेशस्तरीय पहिलो महिला सम्मेलन आयोजना
“बालबालिकासँग प्रदेश सरकार” अन्तर सम्वाद कार्यक्रमको सञ्चालन
१२ वटा बालगृह व्यवस्थापन र शैक्षिक सहयोग
१७ वटा ज्येष्ठ नागरिक भवन (वृद्धाश्रम) स्तरोन्नति
बालविवाह अन्त्य गर्ने अभियानको एक अङ्गस्वरुप सचेतनाका लागि बालिका सम्मेलन आयोजना
हिंसा पीडित महिलाहरूका लागि आवसीय व्यवस्थासहित दीर्घकालीन पुनर्स्थापना गृह सञ्चालनमा
राजनीतिक आन्दोलनका घाइतेहरुका सन्ततिहरुलाई शैक्षिक सहायता प्रदान
परम्परागत सीप संरक्षण गर्ने उद्देश्यले सीप विकास तालिम आयोजना
प्रदेश सरकार गठन भई एक बर्ष पूरा भएको उपलक्ष्यमा सम्मान स्वरूप ९० बर्ष माथिका २७७० जना ज्येष्ठ नागरिकहरूलाई रू पाँच हजारका दरले रकम प्रदान
नेपाल टेलिभिजन इटहरीबाट साङ्केतिक भाषामा समाचार प्रसारण हुने व्यवस्था
महिला विकासका लागि सीप विकास तालिम कार्यक्रम अन्तर्गत महिलाहरुलाई विश्राम गृह र अन्य तालिम प्रदान
३०० जना अपाङ्गता भएका व्यक्तिहरूलाई सीप विकास सम्बन्धी तालिम प्रदान
सीप प्राप्त गरेका ५० जना अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवसाय प्रवर्द्धनका लागि ५० हजारका दरले बिऊ पूँजी अनुदान
युवा तथा खेलकुद विकास क्षेत्र
विराटनगरस्थित शहीद रंगशालामा फ्लडलाइट जडान
अन्तर्राष्ट्रियस्तरमा पदक जितेर प्रदेशको प्रतिष्ठा बढाउने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी ३४६ जनालाई नगद पुरस्कार सहित सम्मान
१३७ वटा स्थानीय तहमा खेल मैदान निर्माण तथा स्तरोन्नति गर्ने काम भइरहेको
राष्ट्रियस्तर र प्रदेशस्तरीय खेलकुद तथा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता आयोजना
भाषा, कला, साहित्य, पुरातत्व, संस्कृति र सम्पदा क्षेत्र
भाषा, कला, साहित्यमा लामो योगदान गरेका विशिष्ट स्रष्टाहरुलाई सम्मान
प्रदेशको ललितकला संरक्षण र संवर्द्धनका लागि कार्यदल गठन गरी गुरुयोजना तर्जुमा
पौराणिक महत्वका सम्पदाहरुको खोजी गरी प्रचार प्रसार तथा संरक्षण गर्न वृत्तचित्र निर्माण
सार्वजनिक पुस्तकालयहरूको सुदृढीकरण
धनकुटामा रहेको प्रादेशिक संग्रहालय सञ्चालन र व्यवस्थापनका लागि अनुदान
सरकारमा हुँदा राज्य कोषबाटै गरिएका कामहरु भएपनि घिमिरेले नागरिकका मन छुने कार्यक्रम गरेको दावी गर्दछन् । ज्येष्ठ नागरिक दन्त उपहार, सडक आश्रित बालबालिकाको तथा नागरिकको उद्धार र संरक्षणले आफ्नो कार्यकाललाई सम्झनलायक बनाएके घिमिरेको दावी छ । घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग मन्त्री हुँदा समेत लगातार भेटघाट र छलफल गर्ने गरेको दावी गरेका छन् ।
मतदाता भेट्दै पराजुली
सधैं आफ्नो परिचय सालिन, भद्र र धार्मिक व्यक्तित्वको रुपमा दिने पूर्व मेयर भीम पराजुली निर्वाचन लक्षित मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचन जित्नका लागि उनी सधैं आफ्नो विशेष क्षमता देखाउँदै आएका व्यक्ति मानिन्छन् । मोरङ क्याम्पसको स्ववियू सभापतिदेखि काँग्रेसको विराटनगर सभापति, मेयर, केन्द्रीय सदस्यसम्मको जित निकाल्न उनी सफल मानिएका उमेदवार हुन् । विराटनगरको मेयर हुँदा उनले गरेका कामको भार अहिले पनि महानगरलाई परिरहेको उनकै पार्टीका मेयर नागेश कोइरालाले जारी गरेको स्वेतपत्रमा उल्लेख छ । सत्ता र शक्तिमा रहँदा त्यसको सहि सदुपयोग नभएको आरोप उनीमाथि छ । निर्वाचनको क्रममा बिहीबार कटहरीमा घरदैलो गरिरहेका पराजुलीसँग कुरा गर्न खोज्दा उनले आफ्ना सहयोगी लोकेन्द्र तिम्सिनालाई फोन दिए । बाँकी कुरा उनीसँग हुन नसकेपनि विराटनगर महानगरपालिकाले संस्थागत रुपमा उनी विरुद्ध जारी गरेको श्वेतपत्रले निर्वाचनका दौरानमा उनलाई केहि असजिलो बनाएको काँग्रेसजन बताउँछन् ।
ठूला दल हैन, एजेण्डाले जित्छु–आचार्य
राप्रपाबाट यस क्षेत्रमा उमेदवार बनेका माधव आचार्य ठूला दल भन्ने विषय नेपालमा नरहेको दावी गर्दछन् । उनको तर्कमा एकहदसम्म दम समेत छ । उनले गठबन्धन र तालमेल गरेर निर्वाचनमा आउने दलका नेताहरुलाई ठूला दलका नेता भन्न नमिल्ने बताए । राप्रपाले अहिले बोकेको एजेण्डालाई नागरिकले मन पराएकोले झण्डा जसको बोकेपनि मत राप्रपाबाट उमेदवार बनेकाहरुलाई जिताउन हाल्ने अवस्था रहेको आचार्यको भनाई छ । उनले स्थानीयस्तरका समस्या धेरै किसिमका रहेको र तिनको समाधान आफूले गर्ने प्रतिवद्धता जनाउँदै सामान्य घरदैलोमा पुगिरहेको जानकारी दिए ।
पूर्वमन्त्री वा पूर्व मेयरले गरेका कामसँग मतदाता सन्तुष्ट नभएकोले विकल्पमा जान आतुर रहेका मतदाताले मंसिर ४ मा विवेक प्रयोग गर्नेमा आचार्य ढुक्क छन् । उनले आफ्नो उमेदवारीको तयारी पाँचवर्षा अगाडीदेखि रहेकोले प्रत्येकका घरघरमा पुगिसकेको बताए ।