औषधी व्यवसायी संघ मोरङद्वारा शुभकामना आदान प्रदान

<span class='c1'>औषधी व्यवसायी संघ मोरङद्वारा</span> <span class='c2'>शुभकामना आदान प्रदान</span>

विराटनगर । नेपाल औषधी व्यवसायी सङ्घ मोरङले विजय दशमी, शुभ दीपावली, छठ र नेपाल सम्मतको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।


संघले विराटनगरमा शुक्रवार एक कार्यक्रम आयोजना शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले औषधी क्षेत्रमा देखा परेको विकृति र विसङ्गत अन्त्य गरी स्वच्छ र मर्यादित व्यवसायी सञ्चालन गरिनुपर्नेमा बताए । औषधी क्षेत्रमा धेरै गुनासो आउने भएकोले मर्यादित र स्वच्छ पूर्ण तरिकाले औषधी व्यवसायीहरूले व्यापार व्यवसाय सञ्चालन गरिनुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै सङ्घका उपाध्यक्ष देशबन्धु ढकालले औषधी व्यासमयीहरू एक ढिका भएर सङ्गठित हुन सके मात्र व्यवसायीहरूको माग पुरा हुने बताए । त्यसैले कार्यक्रमहरूमा व्यवसायीहरू उपस्थित भएर सङ्गठित हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङका सहसचिव अनिल श्रेष्ठ, औषधी व्यवसायी सङ्घ मोरङका प्रेस सल्लाहकार उद्धव घिमिरे, नेपाल औषधी व्यवसायी सङ्घ कोशी अञ्चल शाखाका पूर्व सचिव सुरेश जैसवाल, पिनका विराटनगर युनिकका अध्यक्ष दुर्गाराज भट्टराई, विराटनगर युनिटका अध्यक्ष प्रमोद साहलगायतले शुभदिपावली, छठ र नेपाल सम्वत्स लगायतका चाडर्पवहरुको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्