तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि सात बाघलाई

<span class='c1'>तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको</span> <span class='c2'>उपाधि सात बाघलाई</span>

पथरी । तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि साबिक विजेता सात बाघले चुमेको छ ।

प्रतियोगिता मोरङको पथरीशनिश्चरे नगरपालिकामा असोज २३ गतेदेखि सञ्चालन भएको थियो । आज भएको फाइनल खेलमा रोयल किङलाई हराउँदै सात बाघले उपाधि चुमेको हो ।

उपाधिसँगै सात बाघले रु एक लाख ११ हजार एक सय ११ र उपविजेता रोयल किङले रु ५५ हजार पाँच सय ५५ प्राप्त गरेका छन् । विजेता तथा उपविजेता टोलीलाई पथरीशनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्बापो र पथरी इलाका प्रमुख नायब उपरीक्षक वेदप्रसाद गौतमले पुरस्कृत गर्नुभएको थियो ।

नगरभरिका क्रिकेट खेलाडीको खेल प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ प्रतियोगिता सुरु भएको थियोे । प्रतियोगितामा पथरीशनिश्चरे नगरभित्रका आठवटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो ।

असोज २३ देखि कात्तिक ६ गतेसम्म सञ्चालन भएको लिगमा लिग र राउन्ड रोबिनका आधारमा चार टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्