बिराटनगर चैत्र २३
पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको ईटहरीमा मिनि ट्रकको ठक्करबाट एक पैदलयात्री तथा मोटरसाइकलमा सवार रहेका दुईसहित तिन जना घाईते भएका छन्। ना. ४ ख ६७७५ नम्बरको ट्रकले दिउँसो १२ बजे ईटहरी उपमहानगरपालिका २० मा मागी खाई हिड्ने एक जना पुरुष मानिसलाइ ठक्कर दिएको थियो । ठक्कर दिएपछि उक्त ट्रक बिपरित दिशाबाट आउदै गरेको को. २१ प ९२८५ नम्बरको मोटरसाइकलसंग ठोक्किएको स्थानीयले प्रहरीलाई बताए।
ट्रकको ठक्करबाट नाम थर वतन खुल्न नसकेका ती व्यक्ति र मोटरसाइकलमा सवार सुनसरी खनार २ का २९ वर्षिय सरिज चौधरी तथा सोही ठाउँका ३० वर्षिय राजेन्द्र घिमिरे घाइते भएका छन्।
ट्रकको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् भने अन्य दुई जनाको अवस्था सामान्य घाइते रहेको छ। तिनै जना घाइतेहरुलाई उपचारकालागी विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ।