आफ्नै साथी माथि बन्चरो प्रहार

<span class='c1'>आफ्नै साथी माथि</span> <span class='c2'>बन्चरो प्रहार</span>

बिराटनगर चैत्र २३

तेह्रथुमको लालीगुराँस नगरपालिका २ मा हिजो एक पुरुषले मादकपदार्थ सेवनगरी आफ्नै साथीमाथी बन्चरो प्रहार गरेका छन । बन्चरो प्रहारबाट उदयपुर जिल्ला रामपुर ठोक्सिला ९ घर भई उक्त स्थानमा ज्यालादारी काम गर्ने ३० वर्षिय सुनिल राई घाइते भएका छन्। घाइते राईको वि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। राईलाई आपसी वाद विवाद हुँदा उनकै साथी ३९ वर्षिय दुर्गा राईले बन्चरोले हानेका हुन्। दुबै विच राती ९ बजेतिर वाद बिवाद हुदा दुर्गाले सुनिलमाथी बन्चरो प्रहार गरेका थिए। बन्चरो प्रहार गर्ने दुर्गा बहादुर राईलाई इलाका प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्