उर्लाबारीबाट छुरा प्रहार गरी हत्या गरेको आरोपमा ५ जना पक्राउ

<span class='c1'>उर्लाबारीबाट छुरा प्रहार गरी हत्या</span> <span class='c2'>गरेको आरोपमा ५ जना पक्राउ</span>

विराटनगर । छुरा प्रहार गरी हत्यागरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी —६ का १७ वर्षिय सरोज बस्नेत, उर्लाबारी—६ का१७ वर्षिय सन्देश खवास, उर्लाबारी— ७ का १६ वर्षिय सपन खत्री, उर्लाबारी—६ का मन्जिल माझी र उर्लाबारी—६ कै१७ वर्षिय विकास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आइतबार राति झापा दमक नगरपालिका—१० का १४ वर्षिय दियुस श्रेष्ठलाई मौवा खोलामा छठ पर्वको रौनक हेर्न जानेक्रममा छुरा प्रहार गरीघाइते बनाइएको थियो ।

छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी अस्पताल पुर्‍याईको थियो । सो अस्पतालमा उपचार हुन नसके पछि विर्तामोड स्थिति वि एण्ड सि अस्पताल रेफर गरिएकोश्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो ।

पूर्व रिसिईवीको कारण श्रेष्ठलाई छुरा प्रहार गरी घाइते बनाइएको र उनको उपचारको क्रममा मृत्यु भएको डिएसपीश्रेष्ठले बताए । ‘गत वर्षको छठ पर्वमा उनीहरु वीच भनाभन भएको रीस रहेछ,,हत्यामा संलग्नलाई उद्धृत गर्दै,’डीएसपी श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्