मोरङको सीमा क्षेत्रको निरीक्षण गर्दै सुरक्षा संयन्त्र

<span class='c1'>मोरङको सीमा क्षेत्रको निरीक्षण</span> <span class='c2'>गर्दै सुरक्षा संयन्त्र</span>

विराटनगर । स्थानीय प्रशासनले मोरङको सीमावर्ती क्षेत्रको निरीक्षण सुरु गरेको छ । निर्वाचन लक्षित सुरक्षा योजना र निर्वाचन व्यवस्थापनको आवश्यक तयारीका लागि मोरङका प्रमुख जिल्ला अधिकारी नेतृत्वको स्थानीय प्रशासनले सीमा निरीक्षण सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार विराटनगरका रानीदेखि रंगेलीसम्मको सीमा क्षेत्रको अवस्था मंगलबार नेपाल–भारत संयुक्त सीमा सुरक्षा समितिले निरीक्षण गरेको हो । अपराधिक गतिविधि र सीमाबाट हुने अवैध गतिविधि रोक्न भारतीय सीमा सुरक्षा बलसँग स्थानीय प्रशासनले सहयोग समेत मागेको छ ।

निर्वाचन लक्षित निरीक्षणमा मोरङका दक्षिणवर्ती क्षेत्रका मददान केन्द्र र स्थलहरुको समेत अवलोकन गरिएको छ । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार मतदान केन्द्रको सुरक्षा व्यवस्थाका लागि आवश्यक व्यवस्थापनको विषयमा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल समेत गरिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिसँग मतदान केन्द्रसम्म पुग्ने सडकको अवस्था र सुधार गर्नुपर्ने भए तत्काल खाल्डाखुल्डी पुर्ने विषयमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो । यसैगरी मतदान केन्द्रको अवस्था निरीक्षण गरेर त्यसको व्यवस्थापनका लागि सुरक्षामैत्री योजना बनाउन स्थानीय प्रहरी इकाई र स्थानीय तहका जनप्रतिनिधिबीच समन्वय गर्नका लागि आग्रह गरिएको छ ।
निरीक्षण टोलिमा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, मोरङ प्रहरीका प्रमुख शान्तिराज कोइराला, सशस्त्र प्रहरी बलका एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धान मोरङ प्रमुख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्