भोलि विराटनगर-६ मा निःशुल्क आँखा शिविर सञ्चालन हुदै

<span class='c1'>भोलि विराटनगर-६ मा निःशुल्क</span> <span class='c2'>आँखा शिविर सञ्चालन हुदै</span>

विराटनगर । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा २०७९ साल कार्तिक १६ गते बुधवार विराटनगर-६ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ ।

विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने महानगरको योजनाअनुसार भोलि विराटनगर-६ मा शिविर आयोजना गरिएको हो । रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा महानगरले सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने योजना अघि सारेको छ । सोही योजनाअन्तर्गत वडा नम्बर ६ मा भोलि बिहान ९ बजे देखी दिउँसो ३ बजे सम्म नि:शुल्क आँखा जांच शिविर संचालन गर्न लागिएको विराटनगर महानगरका मेयर नागेश कोइरालाले बताउनुभयो । उहाँले अन्य वडामा पनि क्रमैसँग शिविर सञ्चालन गर्ने जानकारी दिनुभयो ।

उहाँले सचेतना जगाउन सकिए मोतियाबिन्दुबाट बच्न सकिने उल्लेख गर्नुभयो । मेयर कोइरालाले आँखामा समस्या आए पनि अस्पताल नजाने प्रवृत्ति रहेको बताउनुभयो । उहाँले आगामी दिनमा रामलाल गोल्छा आँखा अस्पताल मात्रै नभएर अन्य अस्पतालसित पनि सहकार्य गरेर सबै किसिमका स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका महासचिव सुरेन्द्र गोल्छाले महानगरसित सहकार्य गर्नु पाएकोमा खुसी व्यक्त गर्नुभयो । अस्पतालका प्रशासन प्रमुख विन्देश्वर महतोले सचेतना जगाउन सके आँखा रोगबाट बच्न सकिने बताउनुभयो । उहाँले महानगरका ४ हजार व्यक्तिको आँखा जाँच गर्ने लक्ष्य रहेको सुनाउनुभयो । उहाँका अनुसार ४ सयको निःशुल्क शल्यक्रियासहित चस्मा, औषधी, लेन्ससमेत प्रदान गरिनेछ । चस्मा, औषधिलगायत तेज कोहली रुइत फाउन्डेसनको सहयोग रहनेछ । महानगरका १९ वडामा ४८ वटा शिविर सञ्चालन गर्ने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्