जिल्ला कारागार मोरङमा एक कैदीको मृत्यु

<span class='c1'>जिल्ला कारागार मोरङमा</span> <span class='c2'>एक कैदीको मृत्यु</span>

विराटनगर । विराटनगरस्थित जिल्ला कारागार मोरङमा एक जना कैदीको मृत्यु भएको छ ।

तेह्रथुमको आठराई गाउँपालिका-४ का ५४ वर्षीय मानबहादुर खपांगीको मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए ।

खपांगीलाई जिल्ला अदालत तेह्रथुमले २०७४ माघ ९ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । जेलर भगतका अनुसार तेह्रथुमबाट २०७६ मंसिर २४ गते स्थानान्तरण गरेर मोरङ ल्याइएको थियो । बिरामी परेपछि उपचारका लागि कात्तिक १२ गते बिहान विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको उनी उपचारका क्रममा मंगलबार साँझ ६ः१० बजेतिर मृत्यु भएको जानकारी भगतले दिए ।

खपांगीलाई पेट र पायल्सको पुरानै समस्या थियो र पछिल्लो समय खाना रुची नहुने समस्या पनि थपिएको कारागारले जनाएको छ ।

जेलर भगतका अनुसार मृतकको शव कोसी अस्पतालमै राखेर आफन्त र परिवारका सदस्यलाई घटनाको जानकारी गराइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्