विराटनगर महानगरद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

<span class='c1'>विराटनगर महानगरद्वारा निःशुल्क</span> <span class='c2'>आँखा शिविर सञ्चालन</span>

विराटनगर । विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

विराटनगर वडा नम्बर ६ स्थित रामपुरमा आयोजित शिविरको महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गर्नुभयो । गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा महानगरले विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने मेयर कोइरालाले बताउनुभयो ।

आँखा संवेदनशील अंग भएकाले बेलैमा उपचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महानगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउँदै मेयर कोइरालाले हरेक वडामा शिविर सञ्चालन गर्ने प्रस्ट पार्नुभयो ।

आज बुधबार सञ्चालन गरिएको शिविरमा १ सय ४० जनाले आँखा जाँच गराएका थिए । त्यसमध्ये ३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएकाले अस्पतालमा बोलाइएको गोल्छा आँखा अस्पतालका प्रमुख प्रशासक विन्देश्वर महतोले बताउनुभयो । यसअघि विराटनगर वडा नम्बर १ मा शिविर सञ्चालन भइसकेको छ । वडा नम्बर १ को शिविरमा आएका मध्ये ५३ जनाको शल्यक्रिया भइसकेको महतोले जानकारी दिनुभयो ।

शिविरमा गोल्छा आँखा अस्पतालका चिकित्सक राजेश यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखाको जाँच गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्