विराटनगरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु

<span class='c1'>विराटनगरमा ग्यास लिक हुँदा</span> <span class='c2'>निसास्सिएर एक जनाको मृत्यु</span>

विराटनगर । विराटनगरको एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु भएको छ ।

विराटनगर–४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा बिहीबार दिउँसो एक जनाको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार ग्यास लिक हुँदा निसास्सिएर विराटनगर–५ का ५४ वर्षाीय रौदी चौधरीको मृत्यु भएको छ । चौधरी उक्त कोल्ड सेन्टरमा मिस्त्रीको काम गर्दै आएका थिए ।

ग्यास लिक हुँदा निसास्सिएर बेहोस भएका चौधरीको उपचारका क्रममा विराट नर्सिङ होममा दिउँसो २ बजे मृत्यु भएको श्रेष्ठले बताए । मृतकको लासलाई पोस्टमार्टमको लागि कोशी अस्पताल लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्