मोरङका १६९ वडामा मतदाता शिक्षा कार्यक्रम

<span class='c1'>मोरङका १६९ वडामा</span> <span class='c2'>मतदाता शिक्षा कार्यक्रम</span>

विराटनगर । आसन्न प्रतिननिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत न्यूनीकरण गर्न प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले मतदाता शिक्षा अभियानलाई आजदेखि मोरङमा सुरु गरेको छ ।

निर्वाचन आयोग नेपालको मतदाता शिक्षा कार्यक्रम अभियानअन्तर्गत जिल्लाका १६ पालिकामा नमूना मतदान कार्यक्रम र १७ पालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले जानकारी दिनुभयो । विराटनगर महानगरपालिमा नमूना मतदान कार्यक्रम बुधबार सञ्चालन भइसकेको छ ।

गत स्थानीय तह निर्वाचनमा ठूलो मतपत्रमा मतदाता झुक्किने, एक पद निर्वाचित गर्नुपर्नेमा दुई जनालाई मतदान गर्ने जस्ता कार्यले बदर मत अत्यधिक भएको सन्दर्भमा सो कार्यलाई न्यूनीकरण गर्न नमूना मतदान र मतदाता शिक्षा प्रभावकारी हुने विश्वास कार्यालयको रहेको छ । नमूना मतदान कार्यक्रमअन्तर्गत आजदेखि सुन्दरहरैचा नगरपालिका, कटहरी गाउँपालिका, बुढीगङ्गा गाउँपालिका, ग्रामथान गाउँपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकाको एक÷एक स्थानमा मतदाता शिक्षा सञ्चालन गरिएको छ ।

नमूना मतदानमा मतदाताले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ दुईवटा मतपत्र, प्रदेशसभा सदस्य प्रत्यक्ष र समानुपातिक गरी दुई वटा मतपत्र गरी जम्मा चार वटा मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्ने जानकारी दिइने कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो । कार्यालयले कात्तिक २० गतेसम्म दुई टोली खटाइ जिल्लाका पालिकाका छ स्थानमा दैनिक नमूना मतदान केन्द्र सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

कार्यालयले जिल्लाका १७ पालिकाको एक सय ६९ वडामा आजदेखि आगामी मङ्िसर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन सुरु गरेको छ । वडाका महिला स्वास्थ्य स्वयंसेविकाले टोल, चोक र सामुदायिक विद्यालय एवं सार्वजनिक स्थानमा मतदातालाई मतदान गर्दा अपनाउनुपर्ने सावधानिका विषयमा जानकारी दिनेछन् । स्वयंसेविकाले मतदातालाई चार वटा मतपत्रमा एक÷एक जनप्रतिनिधि छान्न एक÷एक स्वास्तिक छाप लगाउने, चारवटा मतपेटिकामा मत खसाल्ने, मतपत्र पट्याउने तरिका, स्वस्तिक चिह्न लगाउने तरिका लगायतका विषयमा जानकारी दिनेछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्