असुरक्षित रुप गरिने गर्भपतनलाई निरुत्साहित गरी सुरक्षित बनाउनुपर्छ

<span class='c1'>असुरक्षित रुप गरिने गर्भपतनलाई</span> <span class='c2'>निरुत्साहित गरी सुरक्षित बनाउनुपर्छ</span>

विराटनगर । असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साही पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

स्वास्थ्य लाइभले मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउन नदिन सबैलाई जनचेतना जगाउन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै विराट मेडिकल कलेजका अध्यक्ष तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीले असुरक्षित रुपमा हुने गरेको गर्भपतनलाई सुरक्षित बनाउनु र सकभर परिवार नियोजनका साधनहरु प्रयोग गरि गर्भपतन गराउनु हुदैन भन्ने सन्देश दिनु आवश्यक रहेको बताउनुभयो ।


कार्यक्रममा विपी कोइराला विज्ञान प्रतिष्ठानका प्राडा श्याम लम्सालले जथाभावी गर्भतपन गराउँदा महिलाको स्वास्थ्यमा असर पर्ने बताउनुभयो । औषधि खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहजरूपमा पाइने भएकाले महिलाहरू बढी मेडिकलमा गई अबैधरुपमा गर्भपतन गराउनेको संख्या बढेको उहाले बताउनुभयो ।


कार्यक्रममा औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्का, मेरी स्टोप्सका केपी उपाध्यय, प्रदेश १ का स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत कृतिश्री दाहालले गर्भपतन गराउने अवस्था आउन नदिन सबैलाई जनचेतना जोगाउन आवश्यक रहेको बताए । उनीहरुले इच्छाविपरीत भइहालेमा सुरक्षित तरिकाले गर्भपतन गराउन नेपाल सरकारवाट सुचिकृत स्वास्थ्य संस्था र सुचिकृत स्वास्थ्यकर्मि भएको स्वास्थ्य संस्थामा जानुपर्नेमा जोड दिए ।

प्रदेश १ मा एक वर्षमा १५ हजार ९ सय ११ जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश १ मा सो संख्यामा गर्भपतन गराएको पाइएको हो ।
सरकारी रिपोर्ट अनुसार १७ वर्ष देखि १९ वर्ष सम्मका किशोरिहरुले बिभिन्न स्वास्थ्य सस्थाबाट गर्भपतनको सेवा लिएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्