विराटनगरबाट अवैध लागूऔषध सहित एक किशोरी पक्राउ

<span class='c1'>विराटनगरबाट अवैध लागूऔषध सहित</span> <span class='c2'>एक किशोरी पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषधसहित एक किशोरीलाई  प्रहरीले पक्राउ गरेको छ ।

अर्जुनधारा नगरपालिका-११ बस्ने १९ वर्षीया एलिसा दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

एभिल १३ एम्पुल, लुप्रिजेसिक १३ एम्पुल, फेनारगन १३ एम्पुल र मेडापाम १३ एम्पुल सहित  दाहाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  हो ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्