विश्वकप क्रिकेट : नेदरल्यान्ड्ससँग १३ रनले पराजित हुँदै दक्षिण अफ्रिका बाहिर

<span class='c1'>विश्वकप क्रिकेट : नेदरल्यान्ड्ससँग १३ रनले</span> <span class='c2'>पराजित हुँदै दक्षिण अफ्रिका बाहिर</span>

दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ बाट बाहिरिएको छ । आइतबार बिहान भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित हुँदै दक्षिण अफ्रिका बाहिरिएको हो ।

एडिलेडमा नेदरल्यान्ड्सले दिएको रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४५ रन बनायो । दक्षिण अफ्रिकाका लागि रेल रोसोले सर्वाधिक २५ रनको योगदान गरे । त्यस्त्ै हिरिस काल्सेनले २१ रन बनाउँदा कप्तान टेवा बाभुमाले २० रनको योगदान गरे ।बलिङतर्फ नेदरल्यान्ड्सका लागि बर्नान्डो ग्लोभरले तीन विकेट लिए । त्यस्तै फ्रेड कालेसेन र बास डिलिडले दुई–दुई विकेट लिए ।  यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कोलिन आर्करमले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै स्टेफिन माइब्रुसले ३७ रन बनाउँदा टोम कोपरले ३५ रन जोडे । दक्षिण अफ्रिकाका लागि केशव महाराजले दुई विकेट लिए । त्यस्तै नोर्टेज र एडेन मार्करमले एक–एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्