विराट टिचिङमा घोटाला, दशजना पक्राउ

<span class='c1'>विराट टिचिङमा घोटाला,</span> <span class='c2'>दशजना पक्राउ</span>

विराटनगर । मोरङ बुढीगंगा–२ स्थित विराट शिक्षण अस्पतालमा मिलेमतोमा रकम हिनामिना गरेको आरोपमा दशजना कर्मचारी पक्राउ परेका छन्। कर्मचारीको मिलेमतोमा ५७ लाख ९५ हजार १ सय ६० रूपैयाँ हिनामिना देखिएपछि अस्पताल प्रशासनको जाहेरीका आधारमा प्रहरीले दशजनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार गत कार्तिक ४ गते दुईजनालाई पक्राउ गरेर ठगी विरुद्ध अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा थप आठ जनाको संलग्नता खुलेपछि उनीहरुलाई गत शुक्रबार पक्राउ गरिएको छ ।
प्रहरीले गत कात्तिक ३ गते बिलिङ एन्ड डिस्चार्ज शाखाका प्रमुख बुढीगंगा–२ का २६ वर्षीय दुर्गाबहादुर विष्ट र क्यासियर सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय अश्विन भट्टराईलाई पक्राउ गरेर ४ गते ठगी कसुरमा म्याद थप गरि अनुसन्धान सुरु गरेको थियो ।

शुक्रबार थप आठजना कर्मचारीलाई पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ पर्नेमा मोरङको बूढीगंगाका २८ वर्षीय सुनील पासवान, दीपेन्द्र तब्दार, २७ वर्षीय प्रभुनारायण चौधरी, २६ वर्षीय सुशील पासवान, २३ वर्षीया स्वस्तिका श्रेष्ठ, २१ वर्षीय करन विश्वकर्मा, ग्रामथानका २३ वर्षीय नरनारायण चौधरी र सप्तरी कन्चनपुरका २३ वर्षीय वसन्तकुमार राम छन् । पक्राउ परेकाविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान बढाइएको छ ।

अर्काको युजर आईडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटीवापतको रकम अनाधिकृत रूपमा फिर्ता दिने, नक्कली बिरामी खडा गरेर रकम घोटाला गर्ने, अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको आरोप छ ।

वास्तविक बिरामीको खाताबाट धरौटीवापतको रकम फिर्ता लगेर र नक्कली बिरामी खडा गरेर ३४ लाख ४२ हजार ७ सय ७२ तथा आधिकारिक व्यक्तिसँग स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा २३ लाख ५२ हजार ३ सय ८८ रूपैयाँ छुट देखाएर रकम घोटाला गरेको पाइएको छ ।
यस अगाडी पनि विराट टिचिङका केहि कर्मचारीले घोटाला गरेको प्रकरण बाहिरीएको थियो । यस्तै नोबेल मेडिकलमा समेत मिलेमतोमा यस अगाडी एउटा घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्