बेलबारी गोल्ड कप : युनाइटेड ब्रदर्स कालिङपोङलाई हराउँदै रारा धनकुटाको सेमिफाइनलमा

<span class='c1'>बेलबारी गोल्ड कप : युनाइटेड ब्रदर्स</span> <span class='c2'>कालिङपोङलाई हराउँदै रारा धनकुटाको सेमिफाइनलमा</span>

सुन्दरहरैँचा । मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा कालिङम्पोङलाई पराजित गर्दै राजारानी अन्तिम चारमा प्रवेश गरेको छ ।

आइतबार धनकुटाको राजारानी फुटबल क्लब र भारतको युनाइटेड ब्रदर्श कालिङम्पोङ बीचको प्रतिस्पर्धा सकिएपछि प्रतियोगिताको सेमिफाइनल चरण पूरा भएको हाे। यस अघिका प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं, सिरहाको सहलेस युथ क्लब र आयोजक डाँगीहाट युथ क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।
आइतबारको खेलमा ४–० गोल अन्तरको जित हासिल गर्दैन पाहुना टोली कालिङम्पोङको चुनौती पन्छाएर राजारानीले प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

खेलको सुरूवातमा उत्कृष्ट पर्दशन गरे पनि खेलाडी बिचमा तालमेल मिलाएर गाेल लगाउँन नसक्दा कालिङम्पोङ निराश बनेर प्रतियोगिताबाट बिदा भयो । राजारानीको फराकिलो जितमा छिरिङ गुरूङ, निशान लिम्बू, मनिष थापा र बुद्ध चेम्जोङले गोल गरे । राजारानीले खेलको ३५ औँ मिनेटमा गोलको खाता खोलेको थियो । सुनील खड्काको क्रसलाई सदुपयोग गर्दै छिरिङ गुरुङले बललाई पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाउँदा विदेशी मैदानमा कालिङम्पोङ दबाब झेल्न बाध्य भयो ।

पहिलो हाफ १–० को अवस्थामा सकिए पनि थप ३ गोल राजारानीले मध्यान्तरपछि गरेको हो । खेलको ७३ औँ मिनेटमा राजारानीका निशान लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । सेन्टरबाट पाएको पासलाई अघि बढाएका उनले भारतका गोलरक्षक रिसब तामाङलाई बिट गर्दै गोल गरेका हुन् ।

राजारानीका लागि थप २ गोल इन्जुरी समयमा मात्रै सम्भव भयो । इन्जुरी समयमा राजारानीका मनिष थापाले गोल थप्दै खेललाई ३–० को अवस्थामा पुर्याए । योमन लिम्बूले प्रहार गरेको बल गोलरक्षक रिसब तामाङलाई लागेर रिबाउण्ड भएपछि थापाले सदुपयोग गरेका हुन् ।

एक पक्षीय खेलको इन्जुरी समयमै राजारानीले थप अर्को गोल पनि गर्यो । खेल सकिनै लाग्दा बुद्घ चेम्जोङले गोल गरेर टिमलाई फराकिलो अन्तरको जित दिलाए । उनले गरेको प्रहारले पोस्टको बाटो तय गरेको थियो ।

सुरूवातमा उत्कृष्ट प्रदर्शन गर्दै खेललाई नियन्त्रणमा राखेको कालिङम्पोङले क्रमस खेलमा मिस्टेक गर्दै जाँदा नतिजा विपक्षीको पोल्टामा पर्यो । सान्त्वना गोलसमेत फर्काउन नपाइ कालिङम्पोङ
प्रतियोगिताबाट बाहिरियो ।

मध्यान्तरपछि रणनीति परिवर्तन गर्दै राजारानीले कालिङम्पोङलाई दबाबमा राख्यो । जसका कारण राजारानी विदेशी टोलीविरुद्ध फराकिलो अन्तरको जित निकाल्न सफल भएको हो । बारम्बार गोल गर्ने अवसर खेर जानु कालिङम्पोङको दुर्भाग्य बन्यो ।

खेलको म्यान अफ दी म्याच राजारानीका कप्तान बुद्ध चेम्जोङ घोषित भए । उनले पुरस्कार वापत रु ५ हजार रूपैयाँ र ट्रफि पाए । खेलमा प्रमुख अतिथिका रूपमा पुर्व स्वास्थ्य तथा कानुनमन्त्री भानुभक्त ढकालकाे सहभागिता थियाे । उनले मोफसलमा यति ठुलो अन्तर्राष्ट्रिय स्तरकाे फुटबल प्रतियोगिता आयोजना हुनु गर्वको कुरा भएको बताए ।

गोल्डकप कात्तिक १५ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टोलीले रू आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार नगद पुरस्कार पाउने डाँगीहाट यूथ क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बताए । राईले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५र१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई रु ३५ हजार पुरस्कारको व्यवस्था गरिएको बताए ।
गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार पहिलो सेमिफाइनल खेलमा सोमबार डाँगीहाट र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । मणिराम दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्