विराटनगरका जमालीको मोवाईल ह्याक : बैंक एकाउन्टमा ‘अट्याक’, डेढ लाख ट्रान्सफर

<span class='c1'>विराटनगरका जमालीको मोवाईल ह्याक : बैंक</span> <span class='c2'>एकाउन्टमा ‘अट्याक’, डेढ लाख ट्रान्सफर</span>

विराटनगर । ह्वाट्सअपबाट मोवाईल ह्याक गरेर विराटनगरका एक युवाको बैंकको एकाउन्टमाथि अट्याक्ट गरि रकम ट्रान्सफर गरिएको छ । विराटनगर महानगरपालिका ६ का ३० वर्षीय दानिस जमालीको मोवाईल ह्याक गरेर अर्कै उनको बैंक एकाउन्टबाट झण्डै ढेड लाख पैसा गायब गरिएको हो ।

आईतबार बिहान जमालीको मोवाईलमा ९८२३१७७७७८ नम्बरबाट नेपाली गर्ल एपिके भन्ने लिंक आएको थियो । उनले उक्त लिंक खोलेका थिए । त्यसपछि एनआईसी बैंकमा एकाउन्ट खोलेर मोवाईल बैकिङ्ग सेवा लिईरहेका उनको बैंकबाटै पैसा ट्रान्सफर भएको दावी गरेका छन् ।
उनको हातमा रहेको मोवाईल अरु कसैले चलाएर रकम हस्तान्तरण गरेको पीडित जमालीले बताएका छन् । उनले हतपत्त मोवाईल अफ गर्न खोज्दा पनि सकेनन् । त्यसपछि उनले एनआईसी एशिया बैंकमा गएर घटना बारे जानकारी गराएका थिए ।

‘बिहान अचानक मोवाईलमा लिंक आयो, मैले क्लिक मात्र के गरेको थिए, मोवाइल अरुले नै चालएको देखे’ दानिसले भने–मेरो हातमा मोवाईल भईरहेको बेला केहिछिनमा ५० हजार मोवाईल व्यालेटमा ट्रान्सफर भएको म्यासेज आयो । त्यसको केहीबेरमा ९७ हजार प्रभु बैकमा ट्रान्सफर भयो । जमाली प्रिन्टीङ प्रेस संचालन गर्दै आएका दानिसले बैंकको खातामा रहेको रकम समेत सुरक्षित नभएको गुनासो गरे ।

दोस्रो पटक ट्रान्सफर भएको पैसा काठमान्डौ गर्जुधारामा रहेको प्रभु बैंक, महेश विश्वकर्माको नाममा पैसा ट्रान्सफर भएको छ । अचानक यस्तो घटना भएपछि उनले जिल्ला प्रहरी कार्यालय मोरङमा र उनकोतर्फबाट उनका दाजु अदिव कामिल जमाली काठमान्डौ उपत्यका अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्