मोरङ-५ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार अर्याल अस्पताल भर्ना

<span class='c1'>मोरङ-५ (ख) का  प्रदेशसभा</span> <span class='c2'>सदस्यका उम्मेदवार अर्याल अस्पताल भर्ना</span>

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ (ख) का प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल अस्पताल भर्ना भएका छन् ।

सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विराटनगर-१५ बाट जहदा गाउँपालिकामा घरदैलो कार्यक्रममा जान लाग्दा अचानक अर्यालको नाकबाट रक्तस्राव भएपछी अर्याललाई अस्पताल भर्ना गरिएको थियो ।

अर्याल लामो समयदेखि उच्च रक्तचापका बिरामी हुन् ।

अर्यालको सचिवालयका अनुसार रक्तस्राव भएपछि उनलाई तत्काल विराटनगर ल्याएर विराट अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ ।

अर्यालको स्वास्थ अवस्था बुझन उनका समर्थक साथै विभिन्न दलका नेताहरु अस्पताल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्