डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुग्यो

<span class='c1'>डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार</span> <span class='c2'>दुई सय ६३ पुग्यो</span>

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार दुई सय १७ जना सङ्क्रमित रहेका छन् । दोस्रो धेरै सङ्क्रमित लुम्बिनी प्रदेशमा चार हजार आठ सय २७ र प्रदेश १ मा एक हजार नौ सय ३३ रहेका छन् ।

यस्तै सबैभन्दा कम सङ्क्रमित भएको भनिएको कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या छ सय ७२ पुगेको छ । काठमाडौँ जिल्ला सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् । काठमाडौँमा आइतबारसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ हजार सात सय ३२ पुगेको छ । क्रमशः ललितपुरमा नौ हजार ५००, भक्तपुरमा पाँच हजार तीन सय ६६, मकवानपुरमा पाँच हजार दुई सय ८१ र चितवनमा दुई हजार पाँच सय ८० रहेको छ । छ दिनमा डेङ्गुको छ सय २४ नयाँ सङ्क्रमित थपिएका हुन् ।

यस्तै अहिलेसम्म डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सय ३९ पालिका, ६० जिल्ला र सातै प्रदेशमा ‘खोज र नष्ट गर’ अभियानमार्फत डेङ्गु सङ्क्रमण नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको मन्त्रालयले बताएको छ । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्