झापा । झापामा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको सामान बरामद प्रहरीले बरामद गरेको छ ।
झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको सामान प्रहरीले बरामद गरेको हो ।
सोमबार राती ७ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको १ लाख ५० हजार बरावरको मोटर पार्टसका बिभिन्न सामानहरु बरामद गरेको हो ।
बरामद गरिएका उक्त सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।