चन्दा आतंक तथा बम विस्फोटमा संलग्न ७ प्रकाउ

<span class='c1'>चन्दा आतंक तथा बम</span> <span class='c2'>विस्फोटमा संलग्न ७ प्रकाउ</span>

विराटनगर ३० भदौ । विराटनगरका विभिन्न उद्योगी , व्यापारी र अन्य व्यात्तीहरुलाई टेलीफोन धम्की, चन्दा आतंक संलग्न तथा वम बिष्फोटन गर्ने ७ जना व्यात्तिहरुलाई आज मोरङ्ग प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी औरावनीका २६ बर्षिय रामचन्द्र मुखिया, ईटहरीका ६ बस्ने २७ बर्षिया रामेश्वर मण्डल र विराटनगर का श्याम बाबु कामत, सुनिल सहनी, निरज मल्लीक, बादल मल्लीक र सन्तोष शर्मालाई प्रहरीले आज सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुको साथबाट घरेलु बम १ थान , कटुवा पेस्तोल, १ थान त्यसमा प्रयोग हुने ५ राउण्ड गोली , मोवाईल ४ थान , र विभिन्न उद्योगी व्यावसायी तथा अन्य व्यापारीको टेलीफोन नः उपलब्ध गराईएको डायरी ४ थान बरामद गरेको छ । गत भदौ २४ गते राती विराटनगर १२ स्थित हंसराज अग्रवाल को मेन गेटमा बम राखी सो स्थान बाट गोईत समुहको आखिल तराई मुत्ति मोर्चा केन्द्रिय  कार्य समिती लेखिएको पर्चा समेत फेला परेको मोरङ्ग प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्