माइक्रोबस र ग्यास बुलेट ठोक्किएर दुर्घटना

<span class='c1'>माइक्रोबस र ग्यास</span> <span class='c2'>बुलेट ठोक्किएर दुर्घटना</span>

चितवन चैत्र २४
चितवनमा गएराति भएको दुर्घटनामा सातजना घाइते भएका छन् । दारेचोक गाविसस्थित मुग्लिनबजार नजिकै माइक्रोबस र ग्यास बुलेट एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट नारायणघाटतर्फ आउँदै गरेको ना २ ख ४७४० नम्बरको माइक्रो र विपरीत दिशातर्फ जाँदै गरेको एमएल–०१–एल–२७६६ नम्भरको भारतीय गाडी एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । सो दुर्घटनामा परी घाइते भएकाहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्