मोरङ क्षेत्र ३ को निर्वाचन नरोक्ने,अर्को उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने

<span class='c1'>मोरङ क्षेत्र ३ को निर्वाचन नरोक्ने,अर्को</span> <span class='c2'>उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने</span>

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ प्रदेशसभा (क) नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसंगै उनको उम्मेदवारी रहेको मोरङ ३ (क) को निर्वाचन नसर्ने भएको छ।

उम्मेदवार थापाको निधन भएपनि त्यहाँको निर्वाचन भने नसर्ने भएको हो । डेंगु संक्रमणबाट थापाको बुधबार बिहान १०:३० बजे निधन भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ । त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने नफेरिने उनले बताए ।

उनले भने, ‘अब सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छोटो समयतालिकामा सम्बन्धित दललाई उम्मेदवार मनोनयन, दावीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाउँछ ।’

पर्याप्त समय बाँकी रहेकाले मतदान हुने मंसिर ४ को मिति भने फेरबदल नहुने उनले स्पष्ट पारे । नेपाली कांग्रेसका उम्मेदवार थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ ।

निधन भएका थापा प्रदेश १ सरकारका वन वातावरण तथा भूसंरक्षणमन्त्री समेत हुन् ।

सो क्षेत्रमा एमालेका किशोर राई चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्