विराटनगरमा काँग्रेस प्रवक्ता महतले भने–निर्वाचनमा गठबन्धनको फराकिलो जीत

<span class='c1'>विराटनगरमा काँग्रेस प्रवक्ता महतले</span> <span class='c2'>भने–निर्वाचनमा गठबन्धनको फराकिलो जीत</span>

विराटनगर । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले गठबन्धनले फराकिलो सिट संख्याले बहुमत ल्याउने दावी गरेका छन् । विराटनगरमा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता महतले पाँच दलिय गठबन्धन दुईतिहाई सिटसहित सरकार निर्माण उन्मुख रहेको बताएका हुन् ।

पाँच दलीय गठबन्धनले बहुमत ल्याएर काँग्रेसको नेतृत्वको सरकारले बन्ने उनले दावी गरे । पार्टी पङ्क्तिले इमानदारीपूर्वक गठबन्धनलाई मत हाल्ने र बहुमत ल्याएर सरकार बन्ने उनको विश्वास थियो । १६५ सिट मध्ये काँग्रेसले ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको उल्लेख गर्दै महतले अधिकतम ठाउँमा जित्ने दावी गरे ।

उनले काँग्रेसलाई इमानदारीपूर्वक गठबन्धनलाई मत नहालेको आरोप अब नलाग्ने बताए । महतले अहिलेको निर्वाचन प्रणालीले गर्दा एक्लै बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन भएको समेत बताए । उनले एमालेको गठबन्धनले लगानी भित्राउन नसक्ने दाबी गरे । महतले एमाले अध्यक्ष ओलीको नेतृत्वमा कुरा धेरै भएको तर काम नभएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्