मोरंग ६ (ख) मा पर्शुराम बस्नेतको घरदैलो: जनताको गुनासो सुन्दै समाधान गर्ने बाचा गर्दै

<span class='c1'>मोरंग ६ (ख) मा पर्शुराम बस्नेतको घरदैलो:</span> <span class='c2'>जनताको गुनासो सुन्दै समाधान गर्ने बाचा गर्दै</span>

विराटनगर कार्तिक २३ , 

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (ख) मा प्रदेशसभा सदस्यका उमेद्वार कृष्ण (पर्शुराम बस्नेत) ले आफ्नो चुनाबी घरदैलो अभियान तिब्र बनाएका छन् । विराटनगरका वडा नम्बर ५,६,७ ,११ र १२ मा उनले आफ्नो घरदैलो गर्दै आएका छन् ।

विराटनगरका वडाहरु मात्रै समेटिएको हुनाले उनको घरदैलोमा विराटनगरमा रहेका समस्याहरु जनताले घरदैलोमा सुनाउने गरेको उनले बताए । आफु यसै क्षेत्रको बासिन्दा भएको हुनाले जनताले भोगेको समस्या आफ्नु पनि भएको भन्दै जनताको हरेक समस्याको हल निकाल्न लाग्ने उनले बताए । घरदैलोमा जनताले बिगतमा नेताले आश्वासन मात्रै दिएको हुनाले निराश भएको भन्दै गुनासो गरेका थिए । जनतालाई "भोट मलाई दिनुहोस विकास तपाईहरुलाई म दिन्छु" भन्दै भोट मागिरहेका छन् ।

जनप्रतिनिधि कस्तो हुनुपर्छ, जनताले युवालाई छान्दा कस्तो परिवर्तन हुन्छ भन्ने उदाहरण भएर देखाउने बताए ।

क्षेत्र नम्बर ६ (ख) गठबन्धनका तर्फबाट नेपाली काग्रेसका केदार कार्कीसँग मुख्य प्रतिस्पर्धामा छन् । कार्की वर्तमान प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पनि हुन् । यसै क्षेत्रबाट नेपाली कांग्रेसका गोपाल रेग्मीले स्वतन्त्र र बिपी कांग्रेसका जर्नादन निरौलाले पनि उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट लालबाबु पण्डित र नेपाली काग्रेसबाट शेखर कोइराला चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्