झापा–११, झापा गोल्डकपको फाइनलमा प्रवेस

झापा–११, झापा गोल्डकपको फाइनलमा प्रवेस

बिर्तामोड / आयोजक टिम झापा–११ घरेलु प्रतियोगिता प्रथम झापा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ ।
बुधबार भएको पहिलो सेमिफाईनल खेलमा राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबलाई सडन डेथमा तीनकाविरुद्ध चार गोलले पराजित गर्दै मोफसलकै सर्वाधिक सफल टोली झापा उपाधि नजिक पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलमा घरेलु मैदान र समर्थकको परपूर साथ पाएको झापा–११ थ्रीस्टारसँगको कठीन जितपछि प्रतियोगिताको फाइनलमा पुगेको छ । खेलमा अग्रता भने थ्रीस्टारले लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि रणनीति परिवर्तन गर्दै मैदानमा उत्रिएको थ्रीस्टारले दोस्रो हाफको १४ औँ मिनेटमा अग्रता लिएको थियो ।

उसका लागि शिव श्रेष्ठले गोल गरेका थिए । तर त्यसको १८ मिनेटपछि झापा–११ का स्ट्राइकर कर्ण लिम्बुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि १५ मिनेटको अतिरिक्त समयको खेल खेलाइएको थियो । तर अतिरिक्त समयको खेलमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाईब्रेकरमा पनि दुवै टोलीले ३/३ गोलको बराबरी गोल गरेका थिए । त्यसपछि खेलको अन्तिम निर्णय सडन डेथबाट लिइएको थियो ।

सडन डेथमा थ्रीस्टारका सरोज दाहाल गोल गर्न चुकेका हुन् । दाहालको प्रहार झापा–११ का गोलकिपर किशोर गिरीले उत्कृष्ट बचाऊ गरेका थिए ।

खेलमा विजेता झापा–११ का स्ट्राइकर कर्ण लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार पुरस्कार पाए ।

प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाईनल खेलमा मनाङमस्र्याङदी क्लब र नेपाली सेनाको आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्