विराटनगरमा पुरानै माग दोहोरिन्छन्

<span class='c1'>विराटनगरमा पुरानै</span> <span class='c2'>माग दोहोरिन्छन्</span>

विराटनगर । स्थानीय तहमा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको सात महिना लाग्यो । तर, विराटनगर महानगरपालिकावासीको माग भने छ वर्ष अगाडी कै दोहोरिन्छन् । पहिलो कार्यकालमा निर्वाचित जनप्रनिधिसँग राखेका माग नै दोस्रो कार्यकालका लागि दोहो¥याउने गरिएको हो ।

विराटनगर महानगरपालिकाको समन्वयमा बिहीबार सम्पन्न सार्वजनिक सुनुवाईमा महानगरवासीकातर्फबाट आफ्ना धारणा राख्ने धेरैले डुबानको समस्या कहिले अन्त्य हुन्छ ? भन्ने जिज्ञासा प्रमुख नागेश कोइरालासँग दोहो¥याएका थिए । जबकी यहि माग पूर्व मेयर भीम पराजुलीसँग बारम्बार गरेका उनीहरुका माग कोइरालाका लागि पनि जस्ताको त्यस्तै थिए । नगरवासीको सामान्य आकांक्षा पनि पूरा नहुँदा एउटै माग बारम्बार दोहोरिने गरेको हो ।

सार्वजनिक सुनुवाईमा सहभागीहरुले शिक्षा, स्वास्थ्य, सरसफाई, सडक निर्माण, सुशासन, आर्थिक पारदर्शिता, ज्येष्ठ नागरिक, बालबालिका, कला, साहित्य र संस्कृतिको संरक्षण, बजार अनुगमनलगायतका विषय पनि उठाएका थिए । तर, डुबानको समस्याले वर्षेनी हैरानमा पर्ने विराटनगरवासीले यसबाट जोगिने उपाय बारे बारम्बार दोहो¥याएका हुन् ।

उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले डुबान समस्या, सरसफाईलगायतका विषयमा कोइरालासँग जिज्ञासा राख्दै तत्कालिन, अल्पकालिन र दिर्घकालिन योजना बनाउन सुझाव दिनुभयो ।
यस्तै ज्येष्ठ नागरिक समाज प्रदेश–१ का अध्यक्ष मणिकुमार अज्र्यालले सेवा प्रवाहलाई ज्येष्ठ नागरिकमैत्री बनाउनुपर्ने सुझाव दिनु भएको थियो । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि महानगरले के गरिरहेको छ ? भन्ने अहिलेसम्म कुनै कार्यक्रम नदेखिएको भन्दै उहाँले अन्य स्थानीय तहका जनप्रतिनिधि उठिसक्दा पनि विराटनगर चुप बसिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

साहित्यकार स्वयम्भुमानसिंह कार्कीले भाषा, साहित्य र संस्कृतिको विकासका लागि महानगरले के कस्ता योजना बनाइरहेको छ ? भनेर जिज्ञासा राख्नुभएको थियो ।
राप्रपा नेपालका जिल्ला सचिव टंक चौलागाईं, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहाल, नेकपा एमाले विराटनगर नगर कमिटीका उपसचिव नवराज नेपाललगायतले सुशासन, आर्थिक पारदर्शिता, विकासमा देखिएको ढिलासुस्तीलगायतका विषयलाई सम्बोधन हुने गरि सुधार ल्याउनु पर्ने सुझाव दिनुभयो ।

सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासाको जवाफ दिदैं कोइरालाले महानगरवासीले सम्झन लायक काम गर्ने प्रतिबद्धता दोहो¥याउनु भयो । भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र सुशासनलाई उच्च प्राथमिकता राखेर काम अगाडी बढाइएको उहाँको दावी थियो । प्रमुख कोइरालाले नगर बस सञ्चालनदेखि डुबान समस्या समाधानसम्मका योजना महानगरवासीलाई सुनाउँदै आफु सफल हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्