झापामा पाँच निर्वाचन क्षेत्र

<span class='c1'>झापामा पाँच</span> <span class='c2'>निर्वाचन क्षेत्र</span>

 

बिर्तामोड । मुलुकमा निर्वाचन क्षेत्र घट्ने भएको छ । जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र बनाउँदा झापा जिल्लामा पाँच वटा निर्वाचन क्षेत्र बन्ने देखिन्छ । कूल जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण आयोगले देशभर १ सय ६५ वटा निर्वाचन क्षेत्र बनाउने छ ।
संविधानले व्यवस्था गरे अनुसार अब दुई सय ४० निर्वाचन क्षेत्रबाट घटेर एक सय ६५ निर्वाचन क्षेत्र रहने छन् । झापा जिल्लामा हाल ७ वटा निर्वाचन क्षेत्र छन् । जनसंख्या र भूगोलको आधारमा झापामा ५ वटा निर्वाचन क्षेत्र मात्र बन्ने अवस्था रहेको जानकार बताउँछन् । नेपालको कूल जनसंख्यालाई एक सय ६५ले भाग गर्दा प्रत्येक निर्वाचन क्षेत्रमा करिब एक लाख ६० हजार जनसंख्या रहन्छ । यही सूत्रको आधारमा झापा जिल्लामा जनसंख्या अनुसार ५ वटा निर्वाचन क्षेत्र बन्ने आंकलन गर्न सकिन्छ । २०६८को जनगणना अनुसार झापाको कूल जनसंख्या ८ लाख १२ हजार ६ सय ५० रहेको छ । अर्को जनगणना नभई निर्वाचन क्षेत्र बनाइए यही जनसंख्यालाई आधार मानिने निर्वाचन कार्यालय झापाका एक अधिकारी बताउँछन् । एक अध्ययनले ५ वटा निर्वाचन क्षेत्र बनाउँदा प्रत्येक निर्वाचन क्षेत्रमा नगरपालिका रहने छन् । भौगोलिक सुगमता र जोडिएका गाविस÷नगरपालिकालाई नछुटाई निर्वाचन क्षेत्र बनाउँदा यी गाविस÷नगरपालिका समेटिने सम्भावना छ ।
अब बन्ने निर्वाचन क्षेत्र नं. १मा मेचीनगर नगरपालिका, बाहुनडाँगी, शान्तिनगर, बुधवारे, धाइजन, दुहागढी र ज्यामिरगढी रहनेछन् । यसैगरी क्षेत्र नं. २मा शनिअर्जुन नगरपालिका, बिर्तामोड नगरपालिका, खुदुनावारी र कनकाई नगरपालिका रहनेछन् । भद्रपुर नगरपालिका, गरामनी, हल्दिवारी, जलथल, पृथ्वीनगर, बनियानी, बालुवाडी, पाठामारी, केचना, पथरिया, घेराबारी, राजगढ र गोलधाप क्षेत्र नं. ३ बन्ने देखिन्छ । क्षेत्र नं. ४ शिवसताक्षी नपा, शरणामती, डाँगीवारी, चकचकी, टाघनडुब्बा, कुमरखोद, महाभारा, पाँचगाछी, धरमपुर, तोपगाछी, बैगुनधुरा, कोरोबारी मिलेर बन्न सक्ने छ । दमक नपा, लखनपुर, गौरादह, खजुरगाछी, गौरीगञ्ज मिलाएर निर्वाचन क्षेत्र नं. ५ बन्ने अनुमान गरिएको छ । एक निर्वाचन क्षेत्र एक लाख ६० हजार जनसंख्या हुने भएकाले झापाको निर्वाचन क्षेत्र यस्तो बन्न सक्ने नेकपा एमालेका नेता शिव ढुंगेल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्