विराटनगर । विराटनगर १५ बैंक रोडमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्था को १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
विराटनगरमा शनिबार सम्पन्न सहकारीको वार्षिक प्रतिवेदन २०७८÷७९ अनुसार सहकारी लिं.ले ६० लाख २७ हजार ३८५ रुपैया ७२ पैसा खुद नाफा गरेको समेत जनाएको छ ।
सहकारीका अध्यक्ष प्रमोद कुमार साहद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार सहकारीको निक्षेप १२ करोड ८० लाख ४० हजार ८३ रुपैया रहेको छ भने सहकारीको शेयर पुँजी १ करोड ११ लाख २८ हजार ३ सय रुपैया रहेको छ ।
सहकारीले १५ करोड ८६ लाख ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीमा २४५४ जना शेयर सदस्य रहेका छन् । जसमा ११४१ जना महिला शेयर सदस्य छन् भने १३१३ जना पुरुष सदस्य रहेका छन् ।
सहकारीको १६ लाख २० हजार वाह्य ऋण रहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीको कोष हिसाव २ करोड १३ लाख १३ हजार २ सय रुपैया रहेको छ । सहकारीको स्थिर सम्पति ४७ लाख ४ हजार ६२१ रुपैया बराबरको उल्लेख गरिएको छ ।
सहकारीले आपतकालिन राहतकोष अन्तर्गत प्राकृतिक प्रकोपको कारणले बस्ने घरमा क्षति भएमा, औषधी उपचार खर्च, सुत्केरी भत्ता समेत शेयर सदस्यलाई उपलब्ध गराउने गरेको अध्यक्ष साहले बताए ।
बार्षिक साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट बचतकर्ता १० जना र उत्कृष्ट ऋणी १० जनालाई सम्मान गरेको छ । उत्कृष्ट ३ जना कर्मचारी तथा बजार प्रतिनिधिलाई पनि सम्मान गरेको छ । साधारण सभामा २०७९ साल असोज मसान्त सम्म ६८ बर्ष उमेर पुरा गरेका २९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
सहकारीका अध्यक्ष प्रमोद कुमार साहको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष राजकुमार मण्डलले बार्षिक निति प्रस्तुत गरेका थिए । प्रस्तुत बार्षिक नितिमा सहकारीको शेयर सदस्य बढाउने, शेयर पुँजी बढाउने, बचत सेवाहरु बृद्धि गरि बचत रकम बढाउने, सहकारीको आफ्नै भवन निर्माण गर्ने, सेवा केन्द्रहरु विस्तार गर्ने लगायत रहेका छन् ।
यस्तै कार्यक्रममा कोषाध्यक्ष संतोष कुमार शाहले आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामि दिनमा अपनाईने रणनितिको बारेमा जानकारी गराएका थिए । सहकारीका ऋण उप समिति संयोजक गोविन्द कुमार शाहले भावि ऋण नितिको बारेमा जानकारी गराएका थिए ।