मोरङमा निर्वाचन सुरक्षा : नेपाल प्रहरीको छ कमाण्ड, ३६ मोवाइल टोलि

<span class='c1'>मोरङमा निर्वाचन सुरक्षा : नेपाल प्रहरीको</span> <span class='c2'>छ कमाण्ड, ३६ मोवाइल टोलि</span>

विराटनगर । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङमा चार निकायको सात हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् । निर्वाचन सुरक्षा अन्तर्गतको बन्दोबस्तीको काम मोरङमा अन्तिम चरणमा पुगेको हो ।

मोरङका ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धानको टोलि निर्वाचन लक्षित गरेर परिचालन गरिने छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार नेपाल प्रहरीको दुईहजार ८४ जना, म्यादी प्रहरी ३ हजार ६१६ जना, सशस्त्रको ७०० र नेपाली सेना ६०० को संख्यामा परिचालन गरिनेछ । नेपाल प्रहरी र म्यादी प्रहरी मतदानस्थलमा, त्यस भन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी र त्यसभन्दा बाहिरी पेरिफेरीमा नेपाली सेनाको टोलि परिचालन हुनेछ ।

मोरङमा नेपाल प्रहरीले मोरङका छ संघीय निर्वाचन क्षेत्रमा प्रहरी नायव उपरीक्षकको कमाण्ड मोवाइल टोलि परिचालन गर्नेछ । त्यस्तै १२ वटा प्रदेशसभा सदस्य निर्वाचनमा प्रहरी निरीक्षकको कमाण्डमा ३६ वटा मोवाइल टोलि परिचालन हुनेछ । प्रत्येक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रभर प्रहरी नायव उपरीक्षकको टोलिले र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रहरी निरीक्षकको कमाण्डमा रहेको तीनवटा मोवाइल टोलि परिचालन गरिने भएको छ ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार अतिसंवेदनशील संवेदनशील र सामान्य मतदानस्थलका आधारमा थप फोर्सलाई रिजर्भमा राखिने छ । मोवाइल टोलिले अतिसंवेदनशील मतदान केन्द्रलाई ध्यानमा राखेर तत्काल ‘रेस्पोन्स’ टिमको रुपमा काम गर्नेछ ।

मोरङमा ५० अतिसंवेदनशीलमा मतदान केन्द्रमा सूचिकृत गरिएको छ । यसैगरी१४४ संवेदनशील र ११२ सामान्यमा सूचिकृत गरिएको छ । यीमध्ये विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका ९ वटा स्थल, रंगेली, धनपालथान, रतुवामाई, सुनवर्षी र केराबारी गाउँपालिकाका मतदान स्थललाई संवेदनशीलमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्